तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं । सेयर बजार उकालो लागिरहेकै बेला पाँचवटा कम्पनीको प्राथमिक सेयर (आईपीओ) निष्कासन हुने भएको छ ।

नेपाल धितोपत्र बोर्डले आईपीओ निष्कासनको अन्तिम स्वीकृति प्रक्रिया अगाडि बढाएको छ । बोर्डले पाँचवटा कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिनेगरी अन्तिम प्रक्रिया टुंग्याएपछि साना लगानीकर्ता हौसिएका छन् ।

धितोपत्र बोर्डमा अन्तिम प्रक्रिया हुँदै

बोर्डका तत्कालीन अध्यक्ष भीष्मराज निलम्बनमा परेपछि धितोपत्र बोर्डले आईपीओ निष्कासनका लागि कुनै पनि प्रक्रिया अगाडि बढाएको थिएन । गत १४ साउन बुद्धभूमि नेपाल हाइड्रोपावरलाई आईपीओ निष्कासन गर्न अनुमति दिएपछि बोर्डले हालसम्म कुनै पनि कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको छैन । प्राथमिक बजारमा सामलिङ पावर कम्पनी लिमिटेडको आईपीओपश्चात् पछिल्लो समय आईपीओ निष्कासन भएको छैन ।

सामलिङ पावरले कात्तिक ४ गतेदेखि ८ गतेसम्म सर्वसाधारणमा आईपीओ बिक्री गरेको थियो ।

नेपाल धितोपत्र बोर्डले बुधबार बलेफी हाइड्रोपावर कम्पनी, ग्रिन भेन्चरस लिमिटेड, जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था र नेस्डो समृद्धि लघुवित्त वित्तीय संस्थालाई आईपीओ निष्कासनको अनुमति दिने गरी अन्तिम प्रक्रिया टुंग्याएको हो ।

बोर्डका प्रवक्ता तथा कार्यकारी निर्देशक निरज गिरीका अनुसार ती कम्पनीहरूले प्राथमिक सेयर निष्कासनका लागि धितोपत्र सूचीकरण र आह्वानपत्र स्वीकृतिको काम भने गर्न बाँकी नै छ ।

बलेफी हाइड्रोपावरले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणसमेतमा कुल ३६ लाख ५५ हजार ९ सय ४० कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । यसका लागि कम्पनीले धितोपत्र बोर्डमा २०७७ साल फागुन २५ गते निवेदन दर्ता गराएको थियो ।

त्यस्तै, ग्रिन भेन्चरस लिमिटेडले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणमा कुल ६२ लाख ५० हजार कित्ता आईपीओ निष्कासनका लागि २८ फागुन २०७७ बाट धितोपत्र बोर्डमा निवेदन दिएको थियो । जाल्पा सामुदायिक लघुवित्तले ५ लाख २२ हजार कित्ता र राष्ट्र उत्थान लघुवित्तले ८ लाख ५० हजार कित्ता आईपीओ सर्वसाधारणका लागि जारी गर्न लागेको हो ।

जाल्पा सामुदायिक लघुवित्तले २०७८ साल असार २० गते र राष्ट्र उत्थान लघुवित्तले २४ असार २०७८ बोर्डमा निवेदन दिएको थियो । नेस्डो लघुवित्तले भने ८ लाख २८ हजार ७ सय ५० कित्ता आईपीओ बिक्रीका लागि ६ असार २०७८ निवेदन दिएको थियो ।

बोर्डमा ३१ कम्पनीको ८ अर्ब ५० करोड ८७ लाख ८४ हजार ४ सय रुपैयाँबराबरको ७ करोड ८३ लाख ६७ हजार ८ सय ४४ कित्ता आईपीओ निष्कासन स्वीकृतिको पर्खाइमा रहेका छन् ।

हाल धितोपत्र बोर्डमा यी पाँचवटा कम्पनीसहित ३१ वटा कम्पनी आईपीओ स्वीकृतिको पर्खाइमा रहेका छन् ।

सर्वोत्तम सिमेन्टको सेयर गैरकानुनी रूपमा खरिद गरेको आरोपमा गत १९ असोजमा तत्कालीन धितोपत्र बोर्डका अध्यक्ष ढुंगाना बर्खास्तमा परेका थिए । सोपछि धितोपत्र बोर्डमा अध्यक्ष पद रिक्त रहेको छ ।

यसैंबीच चार कम्पनी हकप्रद निष्कासनको अनुमतिको पर्खाइमा छन् । शिखर इन्स्यारेन्सले १ः०.३ को अनुपातमा ५२ लाख ७५ हजार ५ सय ७२ कित्ता र आईएमई जनरल इन्स्योरेन्सले १ः०.४ को अनुपातमा ४६ लाख ३० हजार ३ सय ४४ कित्ता हकप्रद निष्कासनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएका छन् । यसबाहेक अपी पावरले १ः०.३९३६ को अनुपातमा १ करोड ८ लाख ६० हजार कित्ता र नेपाल फाइनान्सले १ः०.७ को अनुपातमा ३४ लाख ५४ हजार ४७४.२८ कित्ता हकप्रद निष्कासनको अनुमति माग गरेका छन् ।

आईपीओ र हकप्रदको स्वीकृति बुधबार बसेको बोर्ड बैठकले सञ्चालक शोभाकान्त पौडेललाई अख्तियारी दिने निर्णय गरेसँगै अगाडि बढेको हो । पौडेल अर्थ मन्त्रालयको प्रतिनिधित्व गर्ने सहसचिव हुन् ।

बोर्डले चालू आर्थिक वर्षमा बुद्धभूमिलाई आईपीओ निष्कासनको अनुमति दिएको थियो ।

बोर्डले गत आर्थिक वर्ष २०७७-७८ मा भने २२ कम्पनीलाई १५ अर्ब १८ करोड ६४ लाख रुपैयाँ आईपीओ निष्कासनको अनुमति दिएको थियो । यसैगरी सात कम्पनीलाई १४ अर्ब ४ करोड ९७ लाख रुपैयाँबराबरको हकप्रद, २३ कम्पनीलाई ६९ अर्ब ६० करोड रुपैयाँको ऋणपत्र, नौ कम्पनीलाई ९ अर्ब ९० करोड रुपैयाँबराबरको सामूहिक लगानी कोषको इकाइ बिक्रीका लागि अनुमति दिएको थियो ।

सोभन्दा अघिल्लो आव २०७६-७७ मा ९ कम्पनीलाई ३ अर्ब ९९ करोड ४८ लाख रुपैयाँ आईपीओ निष्कासनको अनुमति दिएको थियो । साथै, ११ कम्पनीलाई ४ अर्ब ४१ करोड २ लाख रुपैयाँबराबरको हकप्रद निष्कासनको अनुमति दिएको थियो । राजधानी दैनिकमा खबर छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …