तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

माग्दी । भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जा जोड्ने पैदलमार्ग अवरुद्ध भएको छ ।  

लुलाङ हुँदै गुर्जा जोड्ने एकमात्र पैदलमार्ग हिउँले पुरिएपछि २६० घरधुरीको बसोबास रहेको पूरै वडा यातायात सम्पर्कविच्छेद भएको हो । वडाध्यक्ष झकबहादुर छन्त्यालले बाक्लो हिउँ जमेर पैदलमार्ग अवरुद्ध बनेपछि मानिस, घोडाखच्चर र गाइर्बस्तुको आवतजावत बन्द भएको बताउनुभयो । 

“पुस १३ गते परेको हिउँ पग्लिन नपाउँदै पुसको अन्तिम साता र यसै हप्तादेखि निरन्तर परेको हिउँ जमेर पैदलमार्ग अवरुद्ध भएको हो,” उहाँले भन्नुभयो “खाद्यान्नलगायत दैनिक उपभोग्य बस्तु र निर्माण सामग्री ढुवानी ठप्प भएको छ ।” 

गम्भीर प्रकृतिका बिरामीलाई अस्पताल पु¥याउन हेलिकप्टर चार्टर गर्नुपर्ने अवस्था छ । वडा, गाउँपालिका, प्रदेश र सङ्घीय सरकारले गुर्जामा सञ्चालन गरेका योजना कार्यान्वयन प्रभावित भएको छ । गुर्जाको जनकल्याण माविमा सरकारले कोरोना फैलिएपछि बन्द गर्ने निर्णय गर्नुअघिनै हिमपातका कारण पठनपाठन रोकिएको थियो । 

लुलाङदेखि गुर्जा पुग्न पूरै दिन जङ्गल, भीर र खोल्साको पैदलयात्रा गर्नुपर्छ । सडक नभएको गुर्जा पुग्न समुद्री सतहदेखि तीन हजार २०० मिटर उचाइको देउरालीडाँडा पार गर्नुपर्छ । देउराली आसपासका क्षेत्रमा तीन फिट भन्दा बाक्लो हिउँ जमेको छ । 

यसैबीच निरन्तरको हिमपातका कारण गुर्जाबासीको दैनिकि प्रभाबित भएको छ । घरभित्रै आयो तापेर बसेका छन् । घरबाहिरको काम गर्न सकेका छैनन् । गोठमा बाँधिएका गाइबस्तु र भेडाबाख्रालाई सुख्खा घाँस, पराल खुवाएर राखेका छन् । चरनका लागि जंगलमा लैजान सकेका छैनन् । खोला, ताल, पधेरा र धारामा पानी जमेको छ । गत पुष १३ गतेको हिउँमा पुरिएर गुर्जामा एक जनाको मृत्यु भएको थियो । हिउँले गोठ भत्किदाँ पुरिएर बेपत्ता भएका ५० बर्षीय रामबहादुर छन्त्यालको दश दिनपछि शब भेटिएको थियो । रासस

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …