तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

पोखरा । मुलुकभर कोरोना संक्रमित बढिरहेका बेला प्रदेश स्वास्थ्य निर्देशनालय, गण्डकीले बुधबार बिहान आफ्नो फेसबुक पेजमा एउटा तस्बिर पोस्ट गर्दै तस्बिर’bout लेख्यो– ‘कर्तव्यनिष्ठ स्वास्थ्यकर्मीहरूप्रति हार्दिक सम्मान व्यक्त गर्दछौं ।’

मुलुकभर कोरोना संक्रमित बढिरहेका बेला सरकारले अहिले खोप अभियानलाई तीव्रता दिइरहेको छ । यहीबेला सरकारले बुस्टर डोज पनि सञ्चालन गरिरहेको छ । प्रदेश स्वास्थ्य निर्देशनालय, गण्डकीले आफ्नो फेसबुक पेजमा पोस्ट गरेको तस्बिर खोप अभियानसँगै सम्बन्धित रहेको भनिएको छ ।

माघको महिना । जताततै चिसो । कतिपय ठाउँमा त कठ्यांग्रिदो चिसो र हिउँले जनजीवन नै प्रभावित भइरहेको छ । प्रदेश स्वास्थ्य निर्देशनालय, गण्डकीले पोस्ट गरेको खोपको डब्बा बोकेकी स्वास्थ्यकर्मी हिउँमा लड्दै हिँडिरहेको यो तस्बिर अहिले भाइरल भइरहेको छ । तस्बिरमा एक महिला स्वास्थ्य सामग्री बोकेर हिउँमा लड्दै हिँडिरहेको देखिन्छ । यस्तो कठ्यांग्रिदो चिसो र हिउँको समेत पर्वाह नगरी स्वाथ्यकर्मीहरू आफ्नो पेसामा कतिसम्म दत्तचित्त हुन्छन् भन्ने सन्देश दिन खोजिएको भान हुन्छ ।

प्रतिक्रियाको बाढी नै आउन थालेपछि प्रदेश स्वास्थ्य निर्देशनालय, गण्डकीले तस्बिर’bout थप जानकारीसमेत दिएको छ । तस्बिरमा देखिएकी युवती स्वास्थ्यकर्मी अनमी प्रेमकुमारी केसी भएको र रणसिंहकिटेनी हेल्थपोस्ट स्वाचौं, बाग्लुङमा कार्यरत रहेको सूचना थप गरिएको थियो ।

तर, प्रदेश स्वास्थ्य निर्देशनालय, गण्डकीले जुन तस्बिर पोस्ट गरेको छ, त्यो तस्बिर अहिलेको होइन । तस्बिर जुन महिलाको हो, तिनै महिलाले यो तस्बिर अहिलेको नभई तीन वर्षअघिको भएको प्रतिक्रियासमेत दिइसकेकी छन् । त्यसैले प्रदेश स्वास्थ्य निर्देशनालय, गण्डकीले सस्तो लोकप्रियताका लागि यो काम गरेको सहजै भन्न सकिन्छ ।

अब जानौं ‘भाइरल’ बनेको यो तस्बिरको यथार्थता । यो तस्बिर तीन वर्षअगाडिको अनमी प्रेमकुमारी केसीको हो । त्यतिबेला उनी रणसिंहकिटेनी हेल्थपोस्टमा कार्यरत थिइन् । अहिले भने छैनन् । उनी अहिले बागलुङकै आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत छिन् । यो तस्बिर केसीकी सहकर्मी निशा पुनले खिचेकी हुन् ।

तस्बिरको यथार्थता’bout केसीले मुख खोल्दै भनेकी छन्, ‘यो तस्बिर निशा पुनले खिचेकी हुन् । त्यसबेला उनी हेल्थपोस्टको इन्चार्ज थिइन् । हामी दुई जना बागलुङको बडीगाड गाउँपालिका–८ बाट त्यहाँको दुर्गम भेग नेपाने गाउँमा जाँदै थियौं । यो तस्बिर त्यतिबेला भ्याक्सिन लैजाँदाको हो । त्यतिबेला हामीलाई नेपाने गाउँमा भ्याक्सिन पु¥याउन हिउँका कारण धेरै अप्ठेरो भएको थियो । हेल्थटुलमा मैले बोकेको भ्याक्सिन रेगुलर इम्युनाइजेसन भ्याक्सिन हो ।’

उनले आफू कार्यरत हेल्थपोस्टबाट झन्डै घण्टाको बाटो हिँडेर नेपाने गाउँ पुगेको पनि सम्झिइन् । रणसिंहकिटेनीमा हिउँदको बेला अहिले पनि स्वास्थ्यकर्मी त्यसरी नै स्वास्थ्य सामग्री लैजाने गरेको उनले सुनाइन् ।

उता, पुरानो तस्बिरलाई अहिलेको परिस्थितिमा पोस्ट गरेको भन्दै चर्काे आलोचना भएपछि प्रदेश स्वास्थ्य कार्यालय गण्डकीले स्वास्थ्यकर्मीलाई उत्प्रेरित गर्ने उद्देश्यले सो तस्बिर पोस्ट गरिएको स्पष्टीकरण दिएको छ ।

निर्देशनालयका प्रदेश स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले बडिगाड हेल्थपोस्टकै आग्रहमा आफूहरूले फोटो राखेको बताए । उनले सो तस्बिर अहिलेको नभएको पनि प्रस्ट पारे ।राजधानी दैनिकमा खबर छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …