तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

कास्की । विश्वभरीका कस्केली खोजि अभियान समृद्ध जन्मथलो हाम्रो स्वाभिमान” भन्ने मूल नाराका साथ स्थापित कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषद नेपालको सम्पन्न तेश्रो महाधिवेशन द्वारा निर्वाचित कार्यसमितीको पहिलो बैठक २०२२ जनवरी १७ तारिक सोमबारको दिन संस्थाका अध्यक्ष सिता बरालको अध्यक्षतामा जुम भर्चुअल मार्फत बैठक सम्पन्न भएको छ।

कार्यक्रममा कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषद नेपालको पाँचौं स्थापना दिवस तथा तेश्रो महाधिबेशनको उद्घाटन समारोहमा संस्थाको निमन्त्रणालाई स्विकार गरि आफ्नो कार्य ब्यस्तता बाबजुद पनि गरिमामय सहभागी भइ कार्यक्रमलाई सफल बनाई दिनुहुने प्रमुख अतिथि गण्डकी प्रदेशका भौतिक पुर्वाधार सहरी बिकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्का , विशिष्ट अतिथि साथै सँस्थाका संरक्षकहरु, सल्लाहकार, राष्ट्रिय समितिका अध्यक्ष , पत्रकार भौतिक तथा जुम भर्चुअल मार्फत सहभागी सम्पुर्ण कस्केली तथा गैर कस्केली दाजुभाई दिदिबहिनी लगायत निबर्तमान कार्य समितिका सम्पूर्ण पदाधिकारीहरु पदेन सदस्य ,नेपाल च्याप्टरका सम्पुर्ण टिम ,निर्बाचन प्रकृयालाई छलफलका माध्यामबाट लामो समयको मिहेनत पछि सर्बसम्मत नेतृत्व चयन गराउन सफल निर्बाचन समितीका संयोजक तथा सदस्य ,अध्यक्ष मन्डल लगायतको सहभागि रहेको थियो ।

संस्थाको पाचौं वार्षिक सभा तथा तेश्रो महाधिवेशनको उपस्थित सबैले समिक्षा गर्दा कामको सिलसिलामा केहि साना तिना कमि कमजोरिका बाबजुद पनि महाधिबेशन भब्य र सब्य रुपमा सफल भएको छ र आगामि दिनहरुमा साना तिना कमि कमजोरि हुन नदिन छलफलमा सहमति र सहकार्यमा जोड दिने निर्णय बैठकले गरेको छ ।

कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषद नेपालको २०२१-२४ कार्यसमितीको पहिलो वैठकमा उपस्थित कार्यसमितीका पदाधिकारी विच परिचयात्मक कार्यक्रममा सबैले आ-आफ्ना बिगतका अनुभवहरु शेयर गर्दै आफुले पाएको जिम्मेवारिलाई तन, मन र वचनले पुरा गर्ने प्रतिवध्दता जाहेर गरेका छन ।

सँस्थाका गतिविधि विभिन्न संचारको माध्यम मार्फत सम्पूर्ण कस्केली तथा शुभचिन्तकहरु माझ पुर्याउन सँस्थाको बिधान अनुसार अध्यक्षको प्रस्तावमा युवा सह संयोजक सन्तोष तिमल्सिनालाई प्रवक्तामा मनोनित गरिएको थियो र अन्तमा बैठक समापन गर्दै सस्थाकी अध्यक्ष सीता बरालले सस्थालाई अन्य देशमा पनि कास्की आदर्श समाज गठन गर्न हामी सबैले पहल गर्नु पर्ने बिगतमा भएका कार्य योजनाहरुलाई क्रमश निरन्तरता दिने कास्की एउटा हाम्रो घर हो घर भित्रका हामी परिवारका सदस्य हौ घरलाई कस्तो बनाउने हामी सबैको जिम्मेवारी काधमा छ भन्दै बैठकमा उपस्थित सम्पुर्णलाई धन्यवाद तथा सम्पुर्ण निर्बाचित पदाधिकारी ज्युलाई बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गर्दै बैठकको समापन गर्नु भएको थियो। बैठकको संचालन सस्थाका माहासचिब युबराज अधिकारिले गर्नु भएको थियो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …