तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

स्याङ्जा । वालिङ नगरपालिकाले वडाबाटै योजना सम्झौता गरिदिएपछि उपभोक्तालाई सहज भएको छ । 

वालिङ नगरपालिकाको कार्यालयबाट विनियोजन भएका नगरस्तरीय योजना र वडाबाट छनोट भएका वडास्तरीय योजनाको सम्झौता सम्बन्धित वडाबाटै गरिएको प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले जानकारी दिनुभयो । “नगरले छनोट गरेका र वडाले छनोट गरेका योजनाको एकैदिन सम्बन्धित वडाबाटै सम्झौता गरिएको छ”, उहाँले भन्नुभयो, “प्रमुख प्रशासकीय अधिकृत, योजना शाखाका कर्मचारी, इञ्जिनीयर नगरपालिकाबाट वडामा जाने र सम्बन्धित वडाध्यक्ष, सचिव तथा छनोट भएका योजनाका उपभोक्ता समितिका पदाधिकारीकाबीच कार्य सम्झौता गरिएको छ ।”

एकैदिन सम्झौता गर्दा काम समयमै र छिटोछरितो सम्पन्न गर्न सकिने, उपभोक्ता समितिलाई सहज हुने, योजना सम्झौताका लागि नगरपालिका कार्यालयसम्म धाइरहनुपर्ने अवस्थाको अन्त्य हुने र सही उपभोक्ता पहिचान गर्नमा सघाउ पुग्ने मुख्य उद्देश्यले वडावडामै योजना सम्झौतालाई अभियानकोरुपमा अगाडि बढाइएको उहाँले बताउनुभयो ।

“सरोकारवाला सबै वडामै भेला भएर आ–आफ्नो योजना सम्झौता गर्न सकिने भएकाले उपभोक्तालाई सहज हुन्छ”, उहाँले भन्नुभयो, “यो एकप्रकारको घुम्ती सेवा जस्तै हो, उपभोक्ता समितिले योजना सम्झौतापश्चात अन्तिममा काम सकेर भुक्तानीका लागि मात्रै नगरपालिका कार्यालयमा आए पुग्छ, एउटै कामका लागि पटक–पटक आइरहनुपर्दैन ।”

चालु आर्थिक वर्षदेखि लागू हुने गरी वडावडामै पुगेर योजना सम्झौता अभियान थालिएको हो । चालु आर्थिक वर्षमा वालिङ नगरपालिकामा नगरस्तरीय ८५ र वडास्तरीय ४७६ योजना तथा कार्यक्रम रहेको योजना शाखाका प्रमुख ज्ञानप्रसाद पाण्डेले जानकारी दिनुभयो । १४ वटा वडा रहेको नगरपालिकाका हालसम्म १० वटा वडामा सम्झौता गर्ने कार्य सकिएको छ भने बाँकी रहेका वडामा सम्झौता अन्तिम प्रक्रियामा रहेको पाण्डेले बताउनुभयो ।

नगरपालिकाले चालु आर्थिक वर्षका लागि पुँजीगत र चालु गरी कूल रु ९३ करोड ५७ लाख ५८१ बजेट विनियोजन गरेको छ । वालिङ नगरपालिकाले योजनाको सुरुआतदेखि सम्पन्न हुँदासम्मका सबै प्रक्रियालाई एकीकृत गरी योजनापुस्तिका प्रकाशन गरेकाले थप सहजता भएको छ । 

नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले निर्दिष्ट गरेको स्थानीय तहको अधिकार क्षेत्रभित्रको विकास निर्माण कार्यलाई सरलीकरण र सहभागितामूलक रुपमा सञ्चालन गर्न खरिद ऐन २०६३ नियमावली २०६४ तथा नगरपालिकाको उपभोक्ता समितिकार्य सञ्चालन कार्यविधि २०७४ अनुसार नगरपालिकाको अनुगमन तथा सुपरिवेक्षण कार्य सञ्चालन कार्यविधि २०७८ को प्रावधानलाई समेटेर योजना पुस्तिका निर्माण गरेको नगरपालिकाले जनाएको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …