तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

खोटाङ । नेपाली कांग्रेस खोटाङले जिल्लाका २, नगर पालिका र ८, गाउँपालिकाका कांग्रेस सभापतिहरु र भातृ तथा शुभेच्छुक संघ संस्थाका प्रमुख हरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छन् ।

अन्तक्रिर्या कार्यक्रमको पहिलो शत्रमा जिल्ला सभापति तथा कार्यक्रमका सभापति बिष्णुकुमार राईले जिल्ला अधिवेशन पछि भए गरिएको राजनीतिक तथा सांगठनिक प्रतिवेदन पेश गर्नुभएको थियो । त्यसैगरी नेपाली काङ्ग्रेसको संगठनलाई चुस्त र दुरुस्त पार्दै पार्टीलाई चलायमान बनाउने उद्देश्यले आयोजित अन्तर्क्रिया कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका कांग्रेसका नगर सभापति प्रकाश कुमार श्रेष्ठ र चक्र राई, ऐसेलुखर्क गाउँपालिकाका कांग्रेस सभापति सन्तवीर तामाङ, रावावेशी गाउँपालिकाका कांग्रेस उपसभापति पर्शु तामाङ, केपिलासगढी गाउँपालिकाका कांग्रेस सभापति होम कुमार राई, ( हेमन्त ) दिप्रुङ चुइचुम्मा गाउँपालिकाका कांग्रेस सभापति अमृत गिरि, जन्तेढुङ्गा गाउँपालिकाका कांग्रेस सभापति बाजिन्द्र विष्ट, बाराहापोखरी गाउँपालोकाका सभापति खिलराज राई लगायतले आ-आफ्नो पालिका भित्रको संगठनको गतिविधि र सांगठनिक प्रतिवेदन पेश गर्नु भएको थियो ।

त्यसैगरी नेपाल तरुण दलका अध्यक्ष भिषण राई, नेपाल विद्यार्थी संघ खोटाङका अध्यक्ष राजकुमार बस्नेत, नेपाल महिला संघकी उपाध्यक्ष डिल्ली कुमारी आचार्य, नेपाल शिक्षक संघका अध्यक्ष मेजर राई, नेपाल प्रेस युनियनका अध्यक्ष उत्तम चौलागाईं, नेपाल कर्मचारी युनियन संघका अध्यक्ष प्रकाश घिमिरे, नेपाल ट्रेड युनियन संघका अध्यक्ष कृष्णप्रसाद आचार्य, नेपाल प्रजातान्त्रिक महासंघका अध्यक्ष अनिल आचार्य, नेपाल दलित संघका अध्यक्ष तुला विक, नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष जसराज किराँती, नेपाल प्रजातान्त्रिक विचार समाजका अध्यक्ष लीलाबहादुर खत्री, नेपाल मगर संघका उपाध्यक्ष हेम मगरले आ-आफ्नो संगठनको गतिविधि र सांगठनिक प्रतिवेदन पेश गर्नु भएको थियो । नेपाली कांग्रेसका सभापति विष्णुकुमार राईले प्रस्तुत गर्नु भएको प्रतिवेदन माथि व्यापक छलफल गर्दै आएका सुझावहरुलाई समावेश गर्दै आगामी माघ मसान्तसम्म सबै वडामा टोल समिति गठन गरि सक्ने, टोल समितिका पदाधिकारी तथा सदस्यहरुलाई अभिमुखिकरण गर्ने, भातृ तथा शुभेच्छुक संघ संस्थाले रिक्त रहेका पदाधिकारी तथा सदस्यको पुनर्गठन गर्ने, र बाराहापोखरीमा गर्ने भनिएको जिल्ला समितिको बैठक कोरोना भाईरसको तेस्रो लहरको महामारीको समस्यालाई मध्यनजर गर्दै भौतिक रुपमा गर्ने भनिएको बैठकलाई प्रविधिको उपयोग गर्दै भर्चुअल माध्यमबाट बैठक सम्पन्न गर्ने निर्णय भएको जिल्ला उपसभापति तीर्थराज भट्टराईले बताउनुभयो ।

यस्तै केही दिन अगाडि राखा बाङ्देलमा पार्टीका नेता कार्यकर्ता माथि भएको आक्रमणको निन्दा गर्दै दोषीमाथि कडाभन्दा कडा कारबाहीको माग गर्न तथा दोषीलाई तत्काल पक्राउ गर्न सम्बन्धित निकायलाई अनुरोध गर्ने प्रस्ताव पारित गरिएको छ ।

यसैगरी कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस पार्टीका पुर्व सभापति नरेशकुमार श्रेष्ठले पार्टीमा एकताबद्ध भएर अघि बढ्दै गए निर्वाचनमा अत्यधिक मतले विजयी हुने सुनिश्चित रहेको बताउनुभयो ।

त्यसैगरी कार्यक्रममा जिल्ला उपसभापति तीर्थराज भट्टराई, अर्का उपसभापति इवन राई, कांग्रेस जिल्ला सचिव ज्ञानेन्द्र जोशी, महाधिवेशन प्रतिनिधि रुद्र गिरि, क्षेत्रीय सभापति दिनेश घिमिरे, राजेन्द्र राई, र नेपाल प्रेस युनियनका पुर्व सभापति दिलिप खत्रीले मन्तब्य राख्नु भएको थियो । उक्त कार्यक्रममा आगामी निर्वाचनलाई मध्यनजर गर्दै जिल्ला सभापतिद्वारा प्रस्तु गर्नु भएको “जनताको घरघरमा नेपाली कांग्रेस, कांग्रेसको पक्षमा अबको जनादेश ” भन्ने मुल नारा समेत अनुमोदन गर्ने निर्णय गर्दै बैठक स्थगित गरिएको कार्यक्रम सञ्चालक सचिव समीर राईले जानकारी गराउनु भयो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …