• सोमबार, माघ-१०,२०७८ |
  • तपाईंको आगमन
  • हाम्रोबारे
  • हाम्रो समूह
  • सम्पर्क पृष्ठ

तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

यज्ञ कुमार राई

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका दुई परिवारलाई नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड खोटाङको दिक्तेल उपशाखाले मृत्यु दाबी बिमा भुक्तानी गरेको छ ।

कम्पनीद्वारा खोटाङको दिक्तेल उपशाखा कार्यलयमा मृत्यु दाबी भुक्तानी कार्यक्रमको आयोजना गरी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर १४, बुईपाका उपेन्द्र भट्टराईको र सोही दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा ३, बाम्राङकि रुपा राईको मृत्यु दाबी बिमा ६, लाख ९१, हजार ९, सय ४६, रुपैयाँ बराबरको चेक दिक्तेल उपशाखाका प्रमुख मिलन राईले हस्तान्तरण गर्नुभएको हो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर १४, बुईपा निवासी उपेन्द्र भट्टराईको मिति २०७८ साल असोज ५, गते कोरोना भाईरस (Covid-19) को कारण बिराटनगर स्थित उपचारको क्रममा निधन भएको थियो । स्व. उपेन्द्र भट्टराईको असामयीक निधन भएको प्रति नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले दु:ख व्यक्त गर्दै स्व. उपेन्द्र भट्टराईको दिवंगत आत्माको चिरशान्तिको कामना गरि नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड खोटाङको दिक्तेल उपशाखाले स्व. उपेन्द्र भट्टराईको सुरक्षित जिवन विमा र मालेख नम्बर १५३०००२ अन्तर्गत ४, लाख रुपैयाँको जिवन बिमा गरे बापत ४, लाखमा र मालेख चालु वोनस बापतको रकम ९७, हजार ५, सय गरि ४, लाख ९७, हजार ५, सय रुपैयाँ बराबरको चेक मृतकका बुवा देवराज भट्टराईलाई हस्तान्तरण गरेको हुन् ।

त्यस्तै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर ३, बाम्राङ निवासी रुपा राईको मिति २०७८ साल जेठ ९, गते सुगर र निमोनिया बिरामीको कारण विराटनगर स्थित उपचारको क्रममा निधन भएको थियो । श्रीमती रुपा राईको असामयीक निधन भएको प्रति दिवंगत आत्माको चिरशान्तिको कामना गरि नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड खोटाङको दिक्तेल उपशाखाले रुपा राईको सुरक्षित जिवन विमा र मालेख नम्बर २०६००६११३ अन्तर्गत २, लाख रुपैयाको जिबन बिमा गरे बापत दुई लाख र बिमा लेख बोनस बापत ५९, हजार ५, सय ४३, रुपैयाँ गरी जम्मा २, लाख ५९, हजार ५, सय ८३, र बिमा कर्जाको व्याज वापतको रकम ५०, हजार ५, सय ९०, र तिर्न सस्ता तथा सो को व्याज बापत १४, हजार ५, सय ४७, रुपैयाँ गरी बाँकी एक १, लाख ९४, हजार ४, सय ४६, रुपैयाँ बराबरको चेक मृतकका श्रीमान सुसन राईलाई कार्यक्रममा हस्तान्तरण गरेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनी उपशाखा दिक्तेलको प्रमुख मिलन राईले जानकारी गराउनु भयो ।

सम्बन्धित पोष्टहरू
लेख रचना/कबिता
पत्रपत्रिका

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …

प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिन्छ : अध्यक्ष दाहाल

चितवन। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिने बताउनुभएको छ । प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनको …

प्रेस स्वतन्त्रता सेनानी झा पुरस्कृत

सप्तरी। सप्तरीको राजविराजमा आज आयोजित एक कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झालाई लक्ष्मी–मुक्ति स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । नेपाल पत्रकार महासङ्घ सप्तरीमा आयोजित …

मुद्दा सुनुवाइ नगरेको भन्दै पीडितद्वारा सर्बोच्च अगाडि नाराबाजी

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले मंगलबारबाट सबै प्रकृतिका मुद्दाको सुनुवाइका लागि पेसी तोकेका छन् । प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै आएका न्यायाधीशहरूलाई इजलास फर्काउनका लागि …