तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

चितवन । राष्ट्रिय भूमि आयोगले जिल्लाका तीन पालिकामा छुटेका सुकुम्बासीको लगत सङ्कलन माघ १८ गतेबाट सुरु गर्ने भएको छ । 

आयोगले भरतपुर महानगरपालिका, माडी नगरपालिका र कालिका नगरपालिकामा छुटपुट भएका सुकुम्बासी दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबास भएकाहरूको लगत सङ्कलनको काम सुरु गर्न लागेको हो । आयोगका सूचना अधिकारी मणिप्रसाद रेग्मीका अनुसार माघ १८ गतेदेखि सुकुम्बासीको लगत सङ्कलन गरिँदै छ ।

तत्कालीन भूमिसम्बन्धी समस्या समाधान आयोगमा परेका निवेदनबाहेक छुटपुट भएकाहरुको लगत सङ्कलन गर्न लागिएको हो । चितवनका तीनसहित देशभरका ६८ पालिकामा लगत सङ्कलन गरिने छ । लगत सङ्कलनका लागि सुकुम्बासी, दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबास भएकाहरुका लागि आयोगले फरक–फरक फारमको व्यवस्था गरेको छ । ती फारमसँगै निवेदनसहितको विवरण सङ्कलन गरी स्थानीय पालिकाले प्रमाणित गरी आयोगमा पठाउने छन् । स्थानीय पालिकाले यसका लागि कर्मचारी व्यवस्थापनको काम गरेको छ ।

स्थानीय तहले त्यो सूची प्रमाणित गरेर पठाएपछि आयोगले नापी कार्यालयसँगको समन्वय गरी जग्गा नापजाँच गरी प्रमाणीकरण कार्य सुरु गर्ने उहाँले जानकारी दिनुभयो । आयोगले लागत सङ्कलन सुरु भएको ३५ दिनभित्र निवेदन फारम भरेर स्थानीय तहबाट वडाका तोकिएका स्थानमा खटिएका लगत सङ्कलकमार्फत पेश गर्न आह्वान गरिएको रेग्मीले बताउनुभयो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …