तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

रुकुम । रुकुमपूर्वका किसान प्रक्रिया पु¥याउन नसक्दा प्रदेश सरकारले व्यवस्था गरेको सुलभ कर्जा सहजीकरण तथा ब्याजमा अनुदान कार्यक्रमबाट बञ्चित हुन पुगेका छन् ।

कृषकलाई प्रोत्साहन गर्नका लागि प्रदेश सरकारले यो कार्यक्रम सुरुआत गरे पनि जिल्लाका कृषकले त्यसको लाभ लिन सकेका छैनन् । प्रदेश सरकारले किसान र बंैकबीच पुलको काम गरिदिने भन्दै कृषिका कर्मचारीले किसानको बारी र गोठमा पुगेर गरेको मूल्याङ्कनका आधारमा बैंकले लगानी गर्ने वातावरण सिर्जना गर्ने उद्देश्य प्रदेश सरकारको थियो ।

रुकुमपूर्वमा गएको आर्थिक वर्षमा एक जना किसानले मात्र सुलभ कर्जा लिएको एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालयका प्रमुख पिताम्बर बस्नेतले बताउनुभयो । जिल्लामा अपेक्षाकृत कर्जा प्रवाह हुन नसकेको उहाँले बताउनुभयो । जिल्लाका किसानको बैंकसम्म पहुँच नहुनु र सुलभ कर्जा सहजीकरण तथा ब्याजमा अनुदान कार्यक्रमका लागि आवश्यक प्रक्रिया पु¥याउन नसक्दा यस कार्यक्रमबाट उनीहरु बञ्चित बन्न पुगेको कार्यालय प्रमुख बस्नेतले बताउनुभयो । 

बैंकले पनि सडकले छोएको जग्गा नहुँदासम्म कर्जा प्रवाह नगर्ने नीतिका कारण पनि यसबाट किसान मारमा परेका छन् । जिल्लास्थित कर्जा लिन चाहने सबै कृषकको जग्गा जमिन सडकले नछोएको र यसो हुँदा मापदण्ड नपुगेको भन्दै बैंकले कर्जा नदिने भए पनि समस्यामा परेको कृषकले बताएका छन् ।

एक वर्षका लागि कृषकले लिएको ऋणको रु एकदेखि १० लाखसम्मको रकममा १० प्रतिशत ब्याजमा अनुदान उपलब्ध गराइने व्यवस्था प्रदेश सरकारले गरेको छ । त्यस्तै रु १० देखि ३० लाखसम्मको ऋणमा आठ प्रतिशत, रु ३० लाखदेखि एक करोडसम्मका लागि छ प्रतिशत ब्याजमा अनुदान दिइने व्यवस्था गरिएको र दुई वर्षभन्दा माथिको ऋणको बयाजमा पाँच प्रतिशत अनुदान रहने व्यवस्था गरिएको छ । 

कृषिलाई आधुनिकीकरण गरी उत्पादनमा वृद्धि गर्न उत्पादनमा आधारित अनुदानको व्यवस्था गरिएको हो । प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले कृषकका लागि सुलभ कर्जा सहजीकरण तथा ब्याजमा अनुदान कार्यक्रम सञ्चालन कार्यविधि २०७६ स्वीकृत गरी कार्यान्वयनमा ल्याएको हो । 

यसै विषयमा एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालयले रुकुमकोटमा अन्तक्र्रिया सम्पन्न गरेको छ । अन्तक्र्रियामा भएको छलफलपश्चात तीनवटै गाउँपालिकाका कृषि शाखा, वित्तीय संस्था र किसान मिलेर व्यावसायिक कृषिमा फड्को मार्ने गरी काम गर्ने प्रतिबद्धता जनाइएको कार्यालयका प्रमुख बस्नेतले बताउनुभयो । मासिकरूपमा बैठक बस्ने र सबैको सहकार्यमा स्थलगतरूपमै सुलभ कर्जाको प्रचार–प्रसार गर्ने सहमति भएको उहाँले बताउनुभयो ।

विद्यार्थीलाई ट्राफिक सचेतना अभियान 

जिल्ला ट्राफिक प्रहरी कार्यालय रुकुमपूर्वले विद्यार्थीलाई ट्राफिक नियम पालनाका कुरा सिकाउन थालेको छ । विद्यालयमै पुगेर विद्यार्थीलाई ट्राफिक नियमका बारेमा जानकारी तथा सचेत गराउने काम सुरु गरिएको हो । ट्राफिक नियम पालनाका कुरामा ध्यान नदिँदा विभिन्न खालका दुर्घटना हुने गरेको बताउँदै ट्राफिक प्रहरीले सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले विद्यालयमा ट्राफिक सचेतना कार्यक्रमको अभियान थालनी गरिएको प्रहरी सहायक निरीक्षक एवं जिल्ला ट्राफीक प्रहरी प्रमुख दमनविक्रम सेनले बताउनुभयो ।

यसैक्रममा सोमबार सिस्ने गाउँपालिका–५ मा रहेको रुक्मिणी माध्यमिक विद्यालयमा यो कार्यक्रम गरिएको छ । विद्यालयमा कक्षा ८ देखि १२ सम्मका विद्यार्थीलाई ट्राफिक नियम पालनाका विषयमा जानकारी गराइएको छ । विद्यार्थीलाई ट्राफिक नियमअन्तर्गत सडक, सडक चिह्न प्रयोग, सवारीसाधनको प्रयोग गर्ने तरिकाको विषयमा विद्यार्थीलाई जानकारी तथा सचेत गराइएको ट्राफिक प्रमुख सेनले बताउनुभयो ।

यसैगरी यातायात व्यवस्था ऐन २०४९ का बारेमा जानकारी गराउनुका साथै सडक प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीका विषयमा जानकारी विद्यार्थीलाई गराइएको छ । यसअघि सवारी चालकलाई ट्राफिक नियम पालनाका विषयमा जानकारी गराउँदै आएको ट्राफिक प्रहरीले अब जिल्लाका सबै विद्यालयस्तरमा यो कार्यक्रम गर्ने योजना बनाएको ट्राफिक प्रमुख सेनको भनाइ छ ।रासस

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …