तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १९.४३ अङ्कले उकालो लागेर दुई हजार ७८४.९५ मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.१६ ले बढेर ५२२.५३ मा पुगेको छ । 

कूल २३६ कम्पनीको एक करोड ४२ लाख ८८ हजार १३० कित्ता शेयर रु सात अर्ब १२ करोड ३४ लाख २४ हजार ३५ मूल्यमा कारोबार भयो । सोमबारको कारोबारपछि बजार पूँजीकरण रु ३९ खर्ब ३४ अर्ब २८ करोड २४ लाख ५० हजार बराबर पुगेको छ । 

नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर ओरालो लागेको छ भने १० उपसमूहको शेयर भने उकालो लागेको छ । बैंकिङ १५.२८, होटल तथा पर्यटन ३७.७१ र उत्पादन ४७.७८ ले ओरालो लागेको छ । व्यापार ५७.११, विकास बैंक ३७.५८, जलविद्युत् ४०.७९, वित्त ७८.०९, निर्जीवन बीमा १९०.६५, अन्य ११३.४, लघुवित्त १२.२५, जीवन बीमा २१८.२, सामूहिक लगानी कोष ०.२२ र लगानी ०.९४ अङ्कले उकालो लागेको छ । 

नेप्सेका अनुसार कारोबारका आधारमा गुर्खाज फाइनान्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु २२ करोड ७७ लाख ४० हजार ९१७ बराबरको कारोबार भएको छ । नेपाल दूरसञ्चार प्राधिकरण रु २१ करोड ८२ लाख ८४ हजार, एचआइडिसिएल रु २१ करोड तीन लाख ७४ हजार ६६४, अपि पावर कम्पनी रु १९ करोड २८ लाख १४ हजार ६९७ र नेशनल हाइड्रोपावर रु १८ करोड ९४ लाख ४६ हजार २१८ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे । 

नेप्सेका अनुसार मध्यभोटेकोशी जलविद्युत् कम्पनी र युनियन हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको छ । कर्पोरेट डेभलपमेन्ट बैंक ९.९८, खानीखोला हाइड्रोपावर ८.२० र हिमालयन ऊर्जा विकास कम्पनीका शेयरधनीले ८.०५ प्रतिशतले कमाए । प्रभु सेलेक्ट फण्ड ३.१७, चन्द्रागिरि हिल्स २.९९, कुमारी बैंक २.४२, नेपाल बङ्गलादेश बैंक २.३५ र सेञ्चुरी बैंकका लगानीकर्ताले २.२८ प्रतिशतले गुमाए ।रासस                                                                                                                

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …