तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं । राजस्व अनुसन्धान विभागले आनसान इन्टरनेशनल प्रालिका सञ्चालक शोभाकान्त ढकाल, सरोज ढकाल, उमाकुमारी ढकाल, सान्टु श्रेष्ठ तथा उक्त फर्मको लेखापरीक्षण गर्ने राजेश्वर एण्ड कम्पनीका सञ्चालक राजेश्वर श्रेष्ठविरुद्ध उच्च अदालत पाटन, ललितपुरमा राजस्व चुहावटसम्बन्धी मुद्दा दायर गरेको छ ।

शोभकान्त ढकाल बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणका मुख्य आरोपी हुन् । काठमाडौँको नागार्जुन नगरपालिका¬–१, नर्सरीचोक स्थायी ठेगाना भएको आनसान इन्टरनेशनल प्रालि र ललितपुर महानगरपालिका–७ सुन्धारा स्थायी ठेगाना भएको राजेश्वर एण्ड कम्पनीले राजस्व चुहावट गर्ने मनसायले जालसाजीयुक्त, नक्कली तथा झुट्टा मूल्य अभिवृद्धि कर विवरण, वित्तीय विवरण तथा आय विवरण तयार गरी कारोबार नै नभएको देखाई राजस्व चुहावट गरेकाले रु एक अर्ब २० करोड ४९ लाख १७ हजार ८२४ बिगो असूल गर्न विभागले माग गरेको छ ।

साथै विभागले कायम भएको बिगोको शतप्रतिशत जरिवाना गर्न उच्च अदालतसमक्ष अभियोगपत्र दायर गरेको हो । राजस्व चुहावट गर्न सघाएबापत लेखापरीक्षक श्रेष्ठलाई मतियारमा आधा सजायको मागदाबी विभागले गरेको छ । 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …