तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौँ। माधवनारायण स्वस्थानी व्रत तथा शालि नदी सुधार समितिले माधवनारायणको व्रतका लागि कोभिडविरुद्धको खोप अनिर्वाय गरेको छ ।

प्रत्येक वर्ष पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म साँखुको शालि नदीमा लाग्ने धार्मिक मेलाको व्रतमा सहभागी हुने भक्तजनलाई कोभिड–१९ विरुद्धको खोप अनिवार्य लगाउनुपर्ने मापदण्ड तय गरेको हो । गत वर्षजस्तै यस वर्ष पनि सम्पूर्ण स्वास्थ्य मापदण्ड पूरा गरी मेला सञ्चालन गरिने समितिका अध्यक्ष मिजेन्द्रकाजी श्रेष्ठले बताउनुभयो ।

समितिले आगामी माघ ३ गतेदेखि सञ्चालन हुने माधवनारायण व्रतका लागि अन्य मापदण्ड पनि तय गरेको छ । व्रत बस्न इच्छुक भक्तजनले अनिवार्यरूपमा छातीको एक्स–रे र निमोनियाको जाँच गराएको रिपोर्ट साथमा लिएर आउनुपर्ने छ । कोभिड परीक्षणको रिपोर्टसमेत साथमा संलग्न हुनुपर्ने तथा १६ देखि ६० वर्ष उमेर समूहकालाई मात्र व्रतालुका रूपमा स्वीकारिने समितिले जनाएको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …