तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

कास्की। प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि पोखरा रङ्गशालामा जारी गण्डकी प्रदेश छनोट प्रतियोगिताअन्तर्गत आजको खेलमा स्याङ्जा विजयी भएको छ ।

पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा सम्पन्न खेलमा स्याङ्जाले तनहुँमाथि तीन रनको रोमाञ्चक जित निकालेको हो । खेलमा टस जितेर पहिला ब्याटिङ गरेको स्याङ्जाले निर्धारित ४० ओभरको खेलमा ३३ दशमलव चार ओभरमा सम्पूर्ण विकेट गुमाएर १२३ रनको योगफल तयार गरेको थियो । स्याङ्जाको तर्फबाट सन्दीप क्षेत्रीले ४० तथा ईश्वर क्षेत्रीले २५ रन जोड्नुभयो । तनहुँका बलरहरु दिनेश बुढामगरले तीन तथा अभिषेक बस्नेतले दुई विकेट लिनुभयो ।

जितका लागि १२४ रनको लक्ष्य पछ्याएको तनहुँ जितको नजिकै पुगेर पनि सफलता हासिल गर्न सकेन । तनहुँका खेलाडीहरु ३७ दशमवल पाँच ओभरमा १२० रनमा अलआउट हुन पुगे । तनहुँका समिर कँडेलले ३५ रन जोडे पनि अन्य ‘ब्याट्स्म्यान’ हरुले उल्लेख्य रन जोडन सक्नुभएन ।

स्याङ्जाको बलिङतर्फ ‘म्यान अफ द म्याच’ अशोक श्रेष्ठले तीन विकेट लिनुभयो । यसैगरी ईश्वर खनाल, विपिन राज न्यौपाने र सुरज गुरुङले समान एक÷एक विकेट लिनुभयो । गण्डकी प्रदेश क्रिकेट सङ्घले प्रधानमन्त्री कपका लागि गण्डकी प्रदेशको टोली छनोट गर्न प्रतियोगिता आयोजना गरेको हो । यही पुस १३ गतेसम्म सञ्चालन हुने छनोट प्रतियोगितामा कास्की, तनहुँ, स्याङ्जा र नवलपुर गरी चार जिल्लाको सहभागिता रहेको सङ्घका अध्यक्ष देवेन्सन प्रजुले जानकारी दिनुभयो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …