तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं ।ओरोलो लाग्दै आएको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि सोही मार्गमा केन्द्रीत रह्यो । चार दिनपछि खुलेको बजारमा सोमबार कारोबार मापक नेप्से परिसूचक उकालो लाग्ने अनुमान गरिए पनि झण्डै १८ अङ्कले ओरालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १७.९३ अङ्कले घटेर दुई हजार ३५८.८१ मा सिमित भएको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.३४ अङ्कले ओरालो लागेर ४५१.१९ मा झरेको छ ।

नेप्से परिसूचक ओरालो लाग्दा कारोबार रकमसमेत घटेको छ । कूल २३१ कम्पनीको ५४ लाख ३९ हजार ८७ कित्ता शेयर रु दुई अर्ब ४६ करोड ४६ लाख ८९ हजार ८६३ मूल्यमा खरिद बिक्री भए ।

नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर मूल्यमा वृद्धि भएको भने ११ उपसमूहको शेयर मूल्यमा गिरावट आयो । उत्पादन १९४.८१ र लघुवित्त ६.३५ अङ्कले बढ्दा बैंकिङ ७.८६, व्यापार २.२४, होटल तथा पर्यटन ४५.०८, विकास बैंक ९२.४२, जलविद्युुत् ५२.७७, वित्त १७.८५, निर्जीवन बीमा १७०.१९, अन्य ३८.७३, जीवन बीमा १०६.०२, सामूहिक लगानी कोष ०.३७ अङ्कले ओरालो लागेका छन् ।

कारोबारका आधारमा गुर्खाज फाइनान्स शीर्ष स्थानमा रह्यो । सो कम्पनीको रु १९ करोड २७ लाख १० हजार ६५१ बराबरको कारोबार भयो । यस्तै, हिमालयन डिस्टिलरी रु १८ करोड ६६ लाख ४१ हजार १३८, कृषि विकास बैंक  रु नौ करोड ४४ लाख ९९ हजार ५६९, नबिल बैंक रु आठ करोड ३६ लाख ७८ हजार १२७ र मञ्जुश्री फाइनान्स रु सात करोड पाँच लाख ६७ हजार २२९ बराबरको कारोबार भयो ।

नेप्सेका अनुसार गुर्खाज फाइनान्स र हिमालयन डिस्टिलरीको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्म्क सर्किट लाग्यो । कृषि विकास बैंक ४.९९, माहुली सामुदायिक लघुवित्त ४.५३ र शिव श्री हाइड्रोपावरको शेयरधनीले ४.२८ प्रतिशतले कमाए ।

त्यस्तै, माउण्टेन इनर्जी ६.१७, नारायणी डेभलपमेन्ट बैंक ५.८६, मैलुङ खोला जलविद्युत् कम्पनी ५.८३, तेह्रथुम पावर कम्पनी ५.३१ र समृद्धि फाइनान्सका लगानीकर्ताले ५.२० प्रतिशतले गुमाए । सोमबारको कारोबारपछि बजार पूँजीकरण रु ३३ खर्ब १६ अर्ब ५५ करोड ३७ लाख ४१ हजार ७६५ बराबर पुगेको छ । 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …