• शनिवार, जेठ-७,२०७९ |
  • तपाईंको आगमन
  • हाम्रोबारे
  • हाम्रो समूह
  • सम्पर्क पृष्ठ

तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

 

काठमाडौँ । काठमाडौँ उपत्यकामा प्रस्तावित चारवटा ‘स्मार्ट सिटी’को निर्माणका लागि रोक्का गरिएको जग्गाको रोक्का म्याद सकिएको छ । निर्माण सुरु नहुँदै जग्गा रोक्काको म्याद सकियो हो । करिब तीन वर्षदेखि जग्गा रोक्का गरिए पनि ‘स्मार्ट सिटी’ को निर्माण कहिलेदेखि सुरु हुने भने अझै टुङ्गो लाग्न सकेको छैन । व्यवस्थित र सूचना प्रविधियुक्त पूर्वाधारसहितको आधुनिक सहरलाई स्मार्ट सिटी भन्ने गरिएको छ।

मन्त्रिपरिषद्को २०७५ असार ५ गते बसेको बैठकले ‘स्मार्ट सिटी’ निर्माणका लागि प्रस्तावित क्षेत्रमा जग्गा खरिद बिक्री तथा कित्ताकाट रोक्का गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्ले दुई वर्षका लागि जग्गा रोक्का गर्ने निर्णय गरेको थियो । जग्गा रोक्काको म्याद सकेको एक वर्ष बित्न लाग्दा पनि अहिलेसम्म म्याद थपका लागि कुनै पहल गरिएको छैन। 

काठमाडौँ उपत्यका विकास प्राधिकरणले उपत्यकामा चारवटा स्मार्ट सिटी बनाउने निर्णय गरेको करिब एक वर्षपछि मन्त्रिपरिषद् बैठकले जग्गा रोक्काको निर्णय गरेको थियो । प्राधिकरणले २०७४ वैशाख २४ गते ‘स्मार्ट सिटी’ निर्माण गर्ने निर्णय गरेको थियो । रोका गरिएको म्याद अवधिभित्र नै जग्गा प्राप्ति गरेको भए स्वतः रोका हुन्थ्यो।

प्राधिकरणका प्रमुख विकास आयुक्त जानुका ढकालले ‘स्मार्ट सिटी’ निर्माणका लागि भौतिक विकास योजनालगायतका काम भइरहेको हुनाले प्रस्तावित क्षेत्रको जग्गाको रोक्का म्याद थप्ने प्रक्रिया अगाडि बढ्न नसकेको बताउनुभयो । उहाँले निर्माण प्रक्रिया अगाडि बढाउन जग्गा रोक्कासम्बन्धी मन्त्रिपरिषद्ले पुनः निर्णय गर्नुपर्ने उहाँले स्पष्ट पार्नुभयो।

उहाँले भन्नुभयो, ‘‘रोक्का गरिएका जग्गाहरूको फुकुवा वा रोकाको म्याद मन्त्रिपरिषद्को थप निर्णयबाट मात्र हुन सक्छ । मन्त्रिपरिषद्को निर्णय नभएसम्म सम्बन्धित निकायले रोक्का फुकुवा गर्न पाउँदैन । रोक्काको म्याद सकिए पनि फुकुवा नभएसम्म सो जग्गा रोक्का सरह नै हुनेछ। ’’

प्राधिकरणले उपत्यकाको भक्तपुरमा ‘काठमाडौँ ईशान’ र ‘काठमाडौँ आग्नेय’, ललितपुरमा ‘काठमाडौँ नैऋत्य’ र काठमाडौँको उत्तरी क्षेत्रमा ‘काठमाडौँ उत्तर’ भन्ने नामको ‘स्मार्ट सिटी’ निर्माण गर्ने निर्णय गरेको थियो । काठमाडाँै ईशानको क्षेत्रफल एक लाख रोपनी छ भने अन्यको दस/दस हजार रोपनी रहेको छ।

‘डीपीआर’ तयार

प्रस्तावित चारवटै ‘स्मार्ट सिटी’को विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भई भौतिक विकास योजना निर्माणका क्रममा रहेको सहरी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयअनुसार चार सहरमध्ये एउटाको भौतिक योजना तयार भइसकेको छ भने बाँकी निर्माणको क्रममा रहेको सहरी विकास मन्त्रालयले जनाएको छ ।

सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालले प्रस्तावित ‘स्मार्ट सिटी’को भौतिक विकास योजना स्वीकृत भइसकेपछि देशी र विदेशी लगानीकर्ता तथा सरकारी स्रोतको सुनिश्चित गरी निर्माण प्रक्रिया अगाडि बढाइने स्पष्ट पार्नुभयो।

प्रमुख विकास आयुक्त ढकालले चारवटा ‘स्मार्ट सिटी’ मध्ये ‘काठमाडौँ ईशान’को भौतिक विकास योजना तयार भइसकेको सहरी विकास मन्त्रीको अध्यक्षतामा रहेको मन्त्रालयको भौतिक विकास समितिबाट स्वीकृति हुने क्रममा रहेको जानकारी दिनुभयो ।

ललितपुर महानगरपालिकाका नगर प्रमुख चिरीबाबु महर्जनले महानगरसँग छलफल नगरी प्रस्तावित ‘स्मार्ट सिटी’ बारे गृहकार्य नभएको बताउँदै भन्नुभयो, ‘‘ललितपुरको खोकनामा सो ‘स्मार्ट सिटी’ प्रस्ताव गरिएको छ, जहाँ पहिलेदेखि नै काठमाडौँ–तराई/ मधेस द्रुतमार्ग र बाहिरी चक्रपथ निर्माणलगायतका विकास आयोजना स्थानीयले स्वीकार गर्न नसकिरहेको अवस्थामा ‘स्मार्ट सिटी’ स्वीकार गर्छ जस्तो लाग्दैन। गोरखापत्र दैनिकमा खबर छ ।

सम्बन्धित पोष्टहरू
लेख रचना/कबिता

गरिबको नाम बेचेर डलर पचाउदै एनजीओ

गरिबको नाम बेचेर डलर पचाउदै एनजीओ
पत्रपत्रिका

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …

प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिन्छ : अध्यक्ष दाहाल

चितवन। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिने बताउनुभएको छ । प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनको …

प्रेस स्वतन्त्रता सेनानी झा पुरस्कृत

सप्तरी। सप्तरीको राजविराजमा आज आयोजित एक कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झालाई लक्ष्मी–मुक्ति स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । नेपाल पत्रकार महासङ्घ सप्तरीमा आयोजित …