तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं । कारोबार हुने साताको अन्तिम दिन धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले ओरालो लागेको छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक साताको अन्तिम दिन ३७.८७ अङ्कले घटेर दुई हजार ३७६.७४मा पुगेको छ ।  यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.८३ अङ्कले ओरालो लागेर ४५३.५३ मा पुगेको छ ।

कूल २२४ कम्पनीको ५३ लाख ७९ हजार ८६० कित्ता शेयर रु दुई अर्ब ३० करोड १७ लाख ५१ हजार ९६८ मूल्यमा खरिद बिक्री भए । नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये सामूहिक लगानी कोषको बाहेक अरु सबै उपसमूहको सेयर मूल्यमा गिरावट देखियो । सामूहिक लगानी कोष ०.०८ अङ्कले मात्रै उकालो लाग्यो ।

यस्तै बैंकिङ ५.६८, व्यापार ६४.६१, होटल तथा पर्यटन ४६.२१, विकास बैंक १५७.५, जलविद्युत् ८२.४१, वित्त ५६.२३, निर्जीवन बीमा २६४.६१, उत्पादन ८५.३६, अन्य ३९.६३, लघुवित्त ८१.०६, जीवन बीमा २६३.२१ र लगानी १.५३ अङ्कले ओरालो लागे ।

कारोबारका आधारमा प्रभु बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु नौ करोड ४३ लाख ८६ हजार ७१७ बराबरको कारोबार भयो । नेपाल बङ्गलादेश बैंक रु सात करोड आठ लाख ४३ हजार ३००, समृद्धि फाइनान्स रु छ करोड ९५ लाख ७९ हजार, अपि पावर कम्पनी रु छ करोड ८७ लाख ३३ हजार ५६६ र नेशनल हाइड्रोपावर रु छ  करोड ५४ लाख ८५ हजार ६५२ बराबरको कारोबार भई शीर्ष पाँचभित्र परेका छन् ।

नेप्सेका अनुसार नेपाल बङ्गलादेश बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । स्वाभिमान लघुवित्त ५.३५, माउण्टेन इनर्जी ४.०३, कर्पोरेट डेभलपमेन्ट बैंक ४.०१ र मनकामना स्मार्ट लघुवित्तका लगानीकर्ताले  चार प्रतिशतले कमाए ।

त्यस्तै, ग्रीन लाइफ हाइड्रो ७.५९, मैलुङ खोला जलविद्युत् कम्पनी ७.५१, हिमालयन पावर पार्टनर ७.०७, नेपाल हाइड्रो डेभलपर ६.३२ र दिव्यश्वरी हाइड्रो पावरका शेयरधनीले ६.११ प्रतिशतले गुमाए । बिहीबारको कारोबार पछि बजार पूँजीकरण रु ३३ खर्ब ४१ अर्ब ४४ करोड ९८ लाख ६४ हजार ४७२ बराबर पुगेको छ । 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …