तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले घटेको छ । सोमबार उकालो लागेको नेप्सेमा आज पनि सोही गति देखिने अपेक्षा विपरीत उच्च अङ्कले ओरालो लागेर दुई हजार ५०० को नजिक आइपुगेको हो । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३७.१८ अङ्कले घटेर दुई हजार ५०८.९० मा ओर्लेको हो । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ६.८५ अङ्कले घटेर ४७४.१३ मा ओर्लेको छ । 

नेप्सको ओरालो यात्रासँगै कारोबार रकमसमेत ओरालो लागेको छ । कूल २३१ कम्पनीको ८३ लाख ३० हजार ९३ कित्ता शेयर रु तीन अर्ब १२ करोड ८३ लाख ४१ हजार ७०० मूल्यमा कारोबार भयो । मङ्गलबारको कारोबारपछि बजार पूँजीकरण रु ३५ खर्ब २७ अर्ब ११ करोड ६५ लाख ७० हजारको हाराहारीमा रहेको छ । 

नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये दुई उपसमूहको मात्रै शेयर मूल्यमा वृद्धि भएको छ भने  ११ उपसमूहको ओरालो लागेको छ । व्यापार २१.५३ र सामूहिक लगानी कोष ०.१२ अङ्कले उकालो लागेको छ । यस्तै, बैंकिङ १३.५५, होटल तथा पर्यटन ४९.४१, विकास बैंक १४०.९५, जलविद्युत् ७४.६९, वित्त ९०.०८, निर्जीवन बीमा १६०.९८, उत्पादन ९२.०३, अन्य ५६.४४, लघुवित्त ७२.५६, जीवन बीमा ७३.९४ र लगानी ०.७५ अङ्कले ओरालो लागेको छ । 

कारोबारका आधारमा प्राइम बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु १२ करोड ३६ लाख ४७ हजार बराबरको कारोबार भयो । 

यस्तै, महालक्ष्मी विकास बैंक रु ११ करोड ८६ लाख २५ हजार ७७६, आइसिएफसी फाइनान्स रु ११ करोड एक लाख २० हजार ९३६, अपी पावर कम्पनी रु १० करोड ४० लाख ८८ हजार ६७ र एचआइडिसिएल रु नौ करोड ४४ लाख ७६ हजार ४६७ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए । 

नेप्सेका अनुसार सिटिजन म्युचुअल फन्ड दोस्रो ४.६५, लक्ष्मी इक्विटी फन्ड ४.४९, एनआइबिएल प्रगति फन्ड ३.८९, सिटिजल म्युचुअल फन्ड ३.५० र सिभिल लघुवित्तका लगानीकर्ताले ३.१९ प्रतिशतले कमाए । 

यसैगरी, आइसिएफसी फाइनान्स ७.६५, कालिका माइक्रोक्रेडिट ६.७७, सिनर्जी पावर ६.२९, हिमालयन पावर पार्टनर ५.९१ र रिलायन्स फाइनान्सका लगानीकर्ताले ५.६६ प्रतिशतले गुमाए । 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …