तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौैैैैैैैैैैैैैैैै। लुम्बिनी प्रदेशले सुदुरपश्चिम प्रदेशलाई ११३ रन अन्तरले पराजित गर्दै यु–१९ राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको फाइनल खेलमा जितका लागि २१३ रनको लक्ष्य पछ्याएको सुदुरपश्चिम २८ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै ९९ रनमा समेटियो ।

सुदुरपश्चिमका लागि लोकेश बमले सर्वाधिक २५ रन जोडे भने कप्तान खडक बोहराले २१, शेर मल्लले १५ तथा नारायण जोशीले ११ रन जोड्दै बाहिरिए । सुदुरपश्चिमलाई सस्तैमा समेट्ने क्रममा लुम्बिनीका अजय चौहानले सर्वाधिक पाँच विकेट लिँदा दुर्गेश गुप्ताले तीन तथा मोहम्मद हुसेनले दुई विकेट हात पारे ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउदै २१२ रन जोडेको थियो । लुम्बिनीका लागि कप्तान देव खनालले सर्वाधिक ७० रनको योगदान दिए । देवले ९५ बल खेल्दै पाँच चौका र चार छक्का प्रहार गरे । त्यस्तै विशाल विक्रम केसीले ५१, दुर्गेश गुप्ताले ३२ तथा प्रज्वल थापाले २४ रन जोडे ।

सुदुरपश्चिमका आकाश चन्दले सर्वाधिक तीन विकेट हात पारे । शेर मल्ल र हेमन्त धामीले समान दुई–दुई विकेट लिए । नरेन साउद र राहुल भण्डारीले एक–एक विकेट लिए । राउन्ड रोविनको आधारमा खेलाइएको उक्त प्रतियोगितामा सातवटै प्रदेशको सहभागिता रहेको थियो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …