तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौँ। सुदूरपश्चिम प्रदेशले वाग्मती प्रदेशलाई आठ विकेटले पराजित गर्दै १९ वर्षमुनि (यू–१९) राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा ९६ रनको विजयी लक्ष्य पछ्याएको सुदूरपश्चिमले २३ दशमवल एक ओभरमा दुई विकेट गुमाउँदै पूरा ग¥यो । सुदूरपश्चिमको जीतमा नरेश भट्टले सर्वाधिक ३७ रनको योगदान दिए भने राहुल भण्डारी ३१ रनमा अविजित रहे । त्यस्तै वसन्त कार्कीले ११ रन जोड्दा खड्कबहादुर बोहराले पाँच रन जोडे ।

बलिङतर्फ वाग्मतीका गौतम केसी र प्रतिश जिसीले एक एक विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ थालेको वाग्मती ३० दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै ९५ रनमा समेटियो । वाग्मतीका विवेक रानामगरले सर्वाधिक ३२ रनको योगदान दिए भने कृश कार्कीले १७ रन जोडे । त्यसबाहेक अन्य कुनै पनि व्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । सूयांशु कोइराला आठ, उत्तम थापा छ, प्रशान्त महत एक, प्रतिश जिसी छ, गौतम केसी सात तथा विपुल खनाल तीन रनमा आउट भए ।

सुदूरपश्चिमका हेमन्त धाँमी एक्लैले पाँच विकेट लिए भने शेर मल्लले चार विकेट लिए । सुदूरपश्चिम लिगमा दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेको हो । लिगको शीर्ष स्थानमा भने लुम्बिनी प्रदेश रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशबीचको फाइनल खेल यही मङ्सिर १९ गते आइतबार हुनेछ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …