तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौँ। नेपाली कांग्रेसले बिहीबार सातमध्ये ६ प्रदेशमा प्रदेश अधिवेशन उद्घाटनका क्रममा पार्टीको १४औँ महाधिवेशनको प्रचार ब्यानर सार्वजनिक गरेको छ । महाधिवेशनको प्रचार ब्यानर सार्वजनिकसँगै पार्टीको केन्द्रीय प्रचार प्रसार समितिले निर्धारण गरेको महाधिवेशनअघिको एकहप्ते प्रचार अभियान पनि प्रारम्भ भएको समितिले जनाएको छ ।

ब्यानरमा नेपालको नक्साभित्र दुई युवाले नेपालको झण्डा र कांग्रेसको झण्डा बोकेको, चुनाव चिह्न रुख तथा बिपी कोइरालालगायतका अग्रज नेतृत्वको तस्वीर अङ्कित छ । सो प्रचार ब्यानरको छोटो भिडियो भने दुई दिनपछि सार्वजनिक गरिने समितिले जनाएको छ । कांग्रेसको १४औँ महाधिवेशन यही मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौँमा हुँदैछ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …