तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौँ । तीव्र गतिमा फैलिरहेको नयाँ भेरिएन्ट ओमिक्रोन छिमेकी देश भारतमा पुष्टि भएसँगै नेपाल पनि जोखिममा परेको छ । बिहीबार दुई जनामा पुष्टि भएको भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । ६६ वर्ष र ४६ वर्षका पुरुषमा यो भेरिएन्ट पुष्टि भएको छ । सबैभन्दा पहिले नोभेम्बर २४ मा दक्षिण अफ्रिकामा यो भेरिएन्ट पुष्टि भएकोमा बिहीबार साँझसम्म भारत गरी ३० देशमा  फैलिसकेको छ र ३७५ जना संक्रमित भइसकेका छन् ।

विश्व स्वास्थ्य संगठनले ओमिक्रोनलाई भेरिएन्ट अफ कन्सर्न भनेर घोषणा गरिसकेको यो भेरिएन्ट ठूलो संख्यामा उत्परिवर्तित भएको र तीव्र रूपमा फैलिने भन्दै वैज्ञानिकहरुले बताइरहेका छन् । दक्षिण अफ्रिका, अमेरिका, क्यानडा, बोट्सवाना, जर्मनी, इजरायल, बेलायत, बेल्जियम आदि देशमा यो भेरिएन्ट देखा परिसकेका छन् ।

संक्रामक रोग विशेषज्ञ डा अनुप सुवेदीले यो भेरिएन्ट संक्रमणशील भएको अनुमान गरिएकाले संसारमै फैलिरहेको बेला भारतमा देखिनु स्वाभाविक भएको बताए । उनका अनुसार नेपालसँग अझै पनि केही हप्ताको समय बाँकी रहेको छ ।‘नेपालमा आउनै नसक्ने बनाउन त सकिँदैन तर एकैचोटी यो भेरिएन्ट धेरै संख्यामा नआओस् भनेर कोसिस गर्न सक्छौं ’उनले भने ।

उनले हवाईमार्गबाट बढी संक्रमण आउन सक्ने भन्दै आउने यात्रुलाई अनिवार्य क्वारेन्टाइन, खोप लगाए पनि परीक्षण गर्नुपर्ने बताए । डा अनुप भन्छन् –‘भारतमा केश बढ्न थालेपछि नाकामा समस्या हुन सक्छ । स्थायी खालको क्वारेन्टाइन बनाउने कुरा गरिएको छ त्यो तुरुन्त काम थालनी गरिहाल्नुपर्छ । 

अनि नाकामा परीक्षण गर्न सक्ने बन्दोबस्त गर्न सक्नुपर्छ । त्यसो गर्दा सुरुमा धेरै मान्छे पस्न पाएनन् भने एकैचोटी संक्रमणको संख्या ह्वात्तै बढ्दैन। अलिकति नियन्त्रित तरिकाले बढ्छ र त्यसले हामो स्वास्थ्य संयन्त्रण अस्तव्यस्त बनाउन सक्दैन।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …