तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई एकताबद्ध बनाएर लैजानु अहिलेको  आवश्यकता भएको बताउनुभएको छ ।

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आजदेखि पोखरामा सुरु गण्डकी प्रदेश अधिवेशनको उद्घाटन समारोहमा उहाँले बिपीको विचार र सिद्धान्तबाट पार्टी अलग भइरहेको बताउँदै बिपीको आदर्श र चिन्तनलाई आत्मसात गर्दै अघि बढ्नुपर्ने बताउनुभयो ।

समय र मागअनुसार कांग्रेस अघि बढ्नुपर्नेमा जोड दिँदै उहाँले विगतको समीक्षाका आधारमा दीर्घकालीन योजनाका साथ क्रियाशील बन्नुपर्ने बताउनुभयो । लोकतान्त्रिक पद्धतिबाट चल्न नसक्दा यसले पार्टी सङ्गठनलाई कमजोर बनाएको बताउँदै उहाँले पार्टीका आदर्श र सिद्धान्तलाई आत्मसात गर्दै सङ्गठित र एकताबद्ध बनाएर लैजाने नेतृत्व अहिलेको आवश्यकता भएको बताउनुभयो ।

कांग्रेसका महामन्त्री डा.सशाङ्क कोइरालाले बिपीले देखाएको बाटोमा हिँड्न नसक्दा पार्टी कमजोर बन्दै गएको बताउँदै उहाँका आदर्श र चिन्तनलाई अवलम्बन गर्दै सङ्गठनलाई थप मजबुद र क्रियाशील बनाएर जानुपर्ने बताउनुभयो । महाधिवेशनले आगामी दिनमा पार्टीलाई अझै सङ्गठित र एकताबद्ध बनाएर लैजाने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले महाधिवेशनले पार्टीको आन्तरिक सङ्गठनलाई चलायमान बनाएको बताउँदै यही जोश र उमङ्गलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।

कांग्रेसका पूर्वमहामन्त्री एवं पूर्वसभामुख तारानाथ रानाभाटले महाधिवेशनले आन्तरिक लोकतन्त्रलाई सशक्त  बनाएको बताउँदै निर्वाचित नेतृत्वले पार्टीलाई थप मजबुद र क्रियाशील बनाएर लैजानुपर्ने आवश्यकता औँल्याउनुभयो । कार्यक्रममा पूर्वमन्त्री यज्ञबहादुर थापा, नेता देवराज चालिसेलगायतले बोल्नुभएको थियो । सङ्घीय संरचनाअनुसार पहिलोपटक हुन लागेको अधिवेशनका लागि नेताहरु अर्जुन जोशी, शुक्रराज शर्मा, यज्ञबहादुर थापा, देवराज चालिसे र रघुनाथ पौडेललगायतले पार्टीको प्रदेश सभापतिमा इच्छा देखाउनुभएको छ ।रासस

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …