तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

खोटाङ । केपिलासगढी गाउँपालिकाले आफ्नै भवनबाट सेवा प्रवाह गर्न थालेको छ । गाउँपालिकाको रु एक करोड ७६ लाख ५४ हजारको लागतमा तीनतले भवन निर्माण सम्पन्न भएपछि सेवा प्रवाह थालिएको हो ।

सभाहलसहितको नवनिर्मित प्रशासनिक भवनमा स्वास्थ्य, कृषि र पशु शाखाबाहेक सबै विषयगत शाखा र उपशाखा समेटिएको छ । गाउँपालिकाले आर्थिक वर्ष २०७५÷७६ देखि बहुवर्षीय योजना बनाएर  भवन निर्माण गरेको प्रमुख प्रशासकीयक अधिकृत छवि राईले जानकारी दिनुभयो । बाक्सिला बजारमा केपिलासगढी गाउँपालिकाको केन्द्र स्थापना भएको पाँच वर्षसम्म तत्कालीन बाक्सिला गाविस र पृथ्वी माविको जीर्ण भवनबाट सेवा प्रवाह हुँदै आएको थियो । चार वर्षमा निर्माण गरिएको सो भवनको गाउँपालिकाका अध्यक्ष कृष्णकुमार राई र उपाध्यक्ष हीराकुमारी वन (गिरी)ले संयुक्तरूपमा उद्घाटन गर्नुभएको हो ।  

दश स्थानीय तह रहेको जिल्लामा यसअघि सात स्थानीय तहले आफ्नै प्रशासनिक भवन निर्माण सम्पन्न गरेका छन् । बराहपोखरी, जन्तेढुङ्गा, खोटेहाङ, दिप्रुङ चुइचुम्मा र रावाबेँसी गाउँपालिका तथा दिक्तेल रुपाकोट मझुवागढी र हलेसी तुवाचुङ नगरपालिकाले भवन निर्माण गरी सेवा प्रवाह थालेका हुन् । साकेला र ऐसेलुखर्क गाउँपलिकाले नयाँ भवन निर्माण गरिरहेका छन् ।  

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …