तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

नवलपुर। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले खेल र खेलाडीलाई प्रोत्साहन गर्ने गरी काम गर्ने बताउनुभएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा शनिबारदेखि सुरु भएको वडास्तरी ‘सेभेन ए साइड फुटबल प्रतियोगिता’को शुभारम्भ गर्दै उहाँले खेलले स्वस्थ शरीर र स्वस्थ मस्तिष्क बनाउने हुनाले खेलकुद विकासका लागि प्रदेश सरकारले उच्च प्राथमिकता दिएको छ ।

खेलकुदले व्यक्तिको स्वास्थ्यसँगै ठाउँको समेत पहिचान बनाउँछ । खेलकुदका माध्यमबाट समृद्धि हासिल गर्ने सरकारको ध्येय छ । यसका पूर्वाधार विकासमा लगानी बढाइने छ”, उहाँले भन्नुभयो “ आगामी वर्षमा नारायणी नदीमा तटबन्धनलाई बजेट छुट्याइने र गैँडाकोटको थप पूर्वाधार विकासमा थप जोड दिइने छ ।”

कार्यक्रममा गैँडाकोट नगरपालिकाका उपप्रमुख विष्णुकुमारी कँडेलले गैँडाकोटलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय जगत्मा चिनाउन पनि खेलकुदको महत्वपूर्ण भूमिका रहने बताउनुभयो । उहाँले भन्नुभयो “नगर क्षेत्रको खेलमैदान र अन्य विकासका लागि संघीय र प्रदेश सरकारबाट सहयोग आवश्यक छ ।” प्रतियोगिता एभरेष्ट युवा क्लब गैँडाकोटका आयोजनामा सञ्चालन गरिएको हो ।

खेलको विकास र खेलाडीलाई प्रोत्साहन गर्न क्लबले खेलकुदका प्रतियोगिता आयोजना गर्दै आएको क्लबका अध्यक्ष मानबहादुर सुनारी मगरले जानकारी दिनुभयो । शनिबारदेखि सुरु भएको खेलमा गैँडाकोट नगरका १७ वडास्तरीय फुटबल क्लबले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता विजेतालाई रु ३० हजार र ट्रफी तथा उपविजेतालाई रु २० हजार र ट्रफी प्रदान गरिने अध्यक्ष मगरले बताउनुभयो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …