तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

खलंगा। जुम्लाको तिला गाउँपालिका–६ स्थित विकट बस्ती सुडिगाउँमा घरघरमा खानेपानीको पहुँच पुगेपछि स्थानीयवासीमा खुसी छाएको छ । सो गाउँ अहिलेसम्म राष्ट्रिय सडक सञ्जालबाट जोडिएको छैन ।

यो क्षेत्रका नागरिकले दैनिक उपभोग्य वस्तुदेखि विकास निर्माणका सामग्री पिठ्युँमा र खच्चरबाटै बोकेर लैजाने गर्छन् । स्थानीयवासीले उत्पादित वस्तु पनि पिठ्युँमै बोकेर गाउँपालिकाको व्यापारी केन्द्र रारासेरी बजारमा बिक्रीका लागि लैजाने गर्छन् । विकट ठाउँ भएपनि अहिले घरघरमा खानेपानीका धारा पुगेको स्थानीयवासी गोरीकला रावतले बताउनुभयो ।

प्रत्येक घरधुरीमा धारा जडान भएपछि खानेपानीको सुविधा पुगेको स्थानीयवासी बताउँछन् । अनुकूलन कोषको आर्थिक सहयोग, वन तथा वातावरण मन्त्रालय र विश्व खाद्य कार्यक्रमको साझेदारी तथा साझेदारी सहयोग केन्द्र पेस नेपाल जुम्लाले प्रत्येक घरमा खानेपानी धारा जडान गरेको पेस नेपाल जुम्लाका सव इञ्जिनीयर हर्कबहादुर रावतले बताउनुभयो ।

कर्णाली क्षेत्रको खाद्य उत्पादन तथा खाद्य सुरक्षामा जलवायु परिवर्तनद्वारा सिर्जित चुनौती अनुकूलनसम्बन्धी कार्यक्रम क्याप्स कर्णाली परियोजनाअन्तर्गत खानेपानी धारा जडान गरिएको पेस नेपाल जुम्लाले जनाएको छ । प्रत्येक घरधुरीका ‘क’ र ‘ख’ वर्गले ७९ दिन काम गरेर खानेपानी आयोजना निर्माण भएको सवइञ्जिनीयर रावतले बताउनुभयो । खानेपानी आयोजना निर्माण गरेबापत ‘क’ र ‘ख’ वर्गका प्रत्येक घरधुरीले रु ५७ हजार ६३२ प्राप्त गरेका छन् ।

आयोजनाबाट ९७ घरधुरीका नागरिकले ७९ दिन रोजगार पाउनुका साथै घरमै खानेपानीको सुविधा प्राप्त गरेका छन् । आयोजना सम्पन्न गर्न रु ८४ लाख ८५ हजार ५१७ खर्च भएको पेस नेपाल जुम्लाले जनाएको छ ।रासस

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …