तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं । सर्वोच्च अदालतमा आज ‘फुलकोर्ट’ बैठक बस्दैछ । सर्वोच्चका सञ्चारविज्ञ किशोर पौडेलले बिहीबार दिउँसो २ बजे फुलकोर्ट बैठक बस्न लागेको जानकारी दिनुभयो ।

गोलाप्रथा प्रक्रियाबाट पेशी कहिलेबाट तोक्ने भन्नेबारे निर्णय गर्न आज फुलकोर्ट बैठक बस्न लागेको हो ।

प्रशासनले पनि आज फुलकोर्ट बैठक बस्न लागेको जनाएको छ । तर, बैठकको एजेण्डबारे सर्वोच्च प्रशासनले जानकारी गराएको छैन । यता, नेपाल बार एशोसिएसनले आजै प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै सर्वोच्चदेखि बालुवाटारसम्म ‘मार्चपास’ गर्दैछ ।

जबराको राजीनामालाई मुख्य एजेण्डा बनाएको बारले विगत एक महिनादेखि विरोध कार्यक्रम जारी राखेको छ । यसअघि बारले बुधबार देशभरका उच्च अदालतमा केन्द्रीय प्रतिनिधिको उपस्थितिमा विरोध प्रदर्शन गरेको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …