तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

रासस

भरतपुर। चितवनमा शुक्रबारदेखि सुरु हुने नेकपा (एमाले)को१०औँ राष्ट्रिय महाधिवेशनका लागि भरतपुर विमानस्थलमा यात्रुको भीड बढ्न थालेको छ ।

एमाले नेता तथा कार्यकर्ता विभिन्न जिल्लाबाट चितवन आउने क्रम बढ्न थालेसँगै विमानस्थलमा भीड बढ्न थालेको हो । भरतपुर विमानस्थलका सूचना अधिकारी दीपक विकले विमानस्थलमा बुधबारदेखि भीड बढ्न थालेको बताउनुभयो । उहाँले भन्नुभयो, “महाधिवेशन नजिकिएसँगै चितवनमा भिआइपी आउने र जाने क्रम बढ्न थालेको छ । विमानस्थलमा पनि भीडभाड बढेको छ ।”

बुद्ध एयरका प्रबन्धक भक्त बस्नेतले पनि महाधिवेशनका लागि विमानस्थलमा चहलपहल बढ्न थालेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “काठमाडौँमा दैनिक १० उडान, पोखरा र भैरहवामा दुई उडान गरिरहेका छौँ । सबै जहाजमा यात्रु भरिएको छ । यात्रुको सङ्ख्या निरन्तर बढिरहेको छ ।”

असोज १ गतेदेखि काठमाडौँबाट यहाँसम्म उडान सुरु गरेको गुण एयरलाइन्सले एमाले महाधिवेशनलाई लक्ष्य गरी बुधबारदेखि पोखरामा पनि उडान सुरु गरेको छ । गुणले यसअघि काठमाडौँका लागि दैनिक तीनवटा उडान गर्दै आएको थियो । उक्त एयरलाइन्सका स्टेशन इन्चार्ज कुलराज शर्माले सबै विमान काठमाडौँबाट भरिएर आउन थालेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “विमानस्थलमा चहलपहल बढेको छ । एमाले महाधिवेशनभरका लागि टिकट अग्रिम बुकिङ गर्नेको सङ्ख्या बढ्दो छ ।”

स्वयंसेवकलाई प्रशिक्षण

एमालेको चितवनमा हुने १०औँ राष्ट्रिय महाधिवेशनका लागि स्वयंसेवकलाई प्रशिक्षण दिइएको छ । बुधबार पार्टी कार्यालयको सभाकक्षमा ३०० स्वयंसेवकलाई प्रशिक्षण दिइएको हो । पार्टीका जिल्ला अध्यक्ष पार्वती रावलले महाधिवेशनका लागि पाँच हजार स्वयंसेवकको व्यवस्था गरेर प्रशिक्षण दिइएको बताउनुभयो । महाधिवेशनलाई सभ्य र भव्य बनाउन स्वयंसेवकलाई निर्देशन दिइएको थियो । महाधिवेशनको उद्घाटनसत्र यही मङ्सिर १० गते नारायणी नदी किनारमा हुने छ भने बन्दसत्र ११ र १२ गते सौराहामा हुने छ ।

प्रेस चौतारीकोे हेल्प डेस्क

प्रेस चौतारी नेपाल चितवन शाखाले यही मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुने दशौँ महाधिवेशनलाई लक्ष्य गरेर हेल्प डेस्क स्थापना गरेको छ । देशभरबाट महाधिवेशनको रिपोर्टिङ गर्न चितवन आउने पत्रकारका लागि उक्त शाखाले हेल्प डेस्क स्थापना गरेको हो ।

प्रेस चौतारीका पूर्व जिल्ला अध्यक्ष राधेश्याम खतिवडाको संयोजकत्वमा नौ सदस्यीय हेल्प डेस्क समिति गठन गरिएको छ । ‘चौतारी हेल्प डेस्क’मार्फत देशभरबाट आउने पत्रकारलाईसहजीकरण र समन्वय अध्यक्ष पण्डितले जानकारी दिनुभयो ।उहाँले पत्रकारलाई असजिलो र अप्ठ्यारो महसुस नहोस् भनेर हेल्प डेस्क स्थापना गरिएको बताउनुभयो । एमालेको महाधिवेशनको उद्घाटनसत्रस्थल नारायणी नदी किनारमा पत्रकारलाई रिपोर्टिङका लागि पार्टीले छुट्टै स्थानको व्यवस्था गरेको जनाएको छ । यस्तै बन्दसत्र हुने चितवनको सौराहमा मिडिया सेन्टरसमेत स्थापना गर्न लागिएको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …