तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

विराटनगर। कांग्रेसको १४ औ महाधिवेशनमा सभापतिका आकांक्षी शेखर कोइरालको गृहजिल्ला मोरङमा संस्थापन पक्ष कमजोर देखिएको छ । संघीय निर्वाचनको ६ वटा क्षेत्र रहेको मोरङमा एक क्षेत्रबाहेक संस्थापन पक्षले सबै क्षेत्रीय सभापतिसहित महाधिवेशन प्रतिनिधि पनि गुमाएको छ ।

संस्थापन पक्षले क्षेत्र नम्बर ५ मा सभापतिसहित महाधिवेशन प्रतिनिधिमा ७५ प्रतिशत जितेको छ । यो क्षेत्रमा क्षेत्रीय सभापति जीवक्ष गच्छदारसहित सबै महाधिवेशन प्रतिनिधि सर्वसम्मत चुनिएका थिए । यो क्षेत्र केन्द्रीय सदस्य अमृत अर्यालका हो । बाँकी ५ वटा निर्वाचन क्षेत्रमा संस्थापन पक्षले सभापति गुमाउँदै छिटफुट महाधिवेशन प्रतिनिधि जितेको छ । मोरङमा पूर्वमहामन्त्री कृष्ण सिटौला गुटका छिटपुट महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् ।

कोइरालाको निर्वाचन क्षेत्र ६ मा संस्थापन पक्षका पाँच जना महाधिवेशन प्रतिनिधि निर्वाचित हुँदा पौडेल–कोइराला प्यानलले सभापति सहित २० जना महाधिवेशन जितेको छ । यो क्षेत्रमा क्षेत्रीय सभापति देवराज तामाङ विजयी भएका छन । क्षेत्र नं ३ मा सभापति गणेश खड्कासहित महाधिवेशन प्रतिनिधिमा पौडेल–कोइराला प्यानल नै विजयी भएका छन् । निर्वाचन क्षेत्र नम्बर १ मा लेटाङ नगर प्रमुख शंकर राई सर्वसम्मत भएका छन् । उनी पौडेल–कोइराला समूहका हुन । यो क्षेत्रमा महाधिवेशन प्रतिनिधिमा संस्थापन पक्षमा २५ र पौडेल कोइराला समूहका ७५ प्रतिशत छन् । यो क्षेत्र जिल्ला सभापति डिगबहादुर लिम्बुको क्षेत्र हो ।

त्यसैगरी रक्षामन्त्री मिनेन्द्र रिजालको क्षेत्र न २ मा पौडेल–कोइराला समूहका नागेश्वर सिंह क्षेत्रीय सभापतिमा निर्वाचित भएका छन् । यो क्षेत्रमा सिटौला समूहका एक र बाँकी सबै पौडेल–कोइराला समूहका महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …