तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौँ । मदिरा सेवन गरी सवारीसाधन चलाउने चालकलाई कारबाहीको दायरामा ल्याउन जिल्ला प्रहरी कार्यालयले निगरानी बढाउन थालेको छ । पासाङल्हामु राजमार्गमा केहीले मदिरा सेवन गरी सवारीसाधन चलाएको भन्ने जनताको गुनासो बढेकाले पूर्वसावधानी अपनाउन नेपाल प्रहरीले निगरानी बढाएको हो ।

कसैले पनि मदिरा सेवन गरेर सवारीसाधन चलाउन मिल्दैन तर रसुवाका मार्गमा यात्रु बोकेर हिँडेका केही चालकले बीच बाटोमै सवारीसाधन रोकेर मदिरा सेवन गरेको भन्ने सूचना प्राप्त भएकाले प्रहरीद्वारा सुक्ष्म निगरानी सुरु गरिएको जिल्ला प्रहरी प्रमुख देवेन्द्र पाण्डेले जानकारी दिनुभयो ।

मदिरा सेवन गर्ने चालक एवं चालक हो भनी जानाजान मदिरा बिक्री गर्ने विक्रेतासमेत दुवैमा निगरानी सुरू गरिएको बताइएको छ । कुनै पनि चालकले सवारीसाधन चलाउँदा मदिरा सेवन नगर्न र सवारी साधन गुडाइरहेको अवस्थामा मोबाइल फोन नउठाउन पनि प्रहरीले आग्रह गर्दै आएको छ । मोबाइल फोन उठाउन वा गर्नैपरेमा सवारीसाधनलाई रोकेर मात्र कुराकानी गर्न चालकलाई आग्रह गरिएको प्रहरीले जनाएको छ ।

एकातर्फ सवारी साधनको चाप, अर्कोतर्फ बढी मात्रामा घुम्तीमोहडाजस्ता स्थानमा समेत चलकले सवारीसाधन गुडाइरहेकै अवस्थामा एक हातले मोबाइल उठाउने र अर्को हातले सवारीसाधनको स्टेरिङ घुमाउने गरेकाले प्रहरीको निगरानी समय सान्दर्भिक भएको स्थानीयवासीले प्रतिक्रिया दिएका छन् ।

चालकले मदिरा सेवन गरेको पाइएमा छिटोभन्दा छिटो जिल्ला प्रहरी कार्यालयको मोबाइल नम्बर ९८५१२७५५५५ मा खबर दिई सहयोग गरिदिन यात्रुसमक्ष आग्रह गरिएको प्रहरी प्रमुख पाण्डेले बताउनुभयो । आम नागरिकको जीउज्यानको संरक्षण गर्नु सबैको साझा दायित्व भएकाले कुनै पनि क्षेत्रमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक नियम पूर्णपालना गर्नसमेत प्रहरीले अनुरोध गरेको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …