तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

१३ सय ३२ महाधिवेशन प्रतिनिधि चयन हुँदा देउवा पक्षमा ६ सय ५७, पौडेल पक्षमा ६ सय ६०

काठमाडौँ। कांग्रेसमा महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नतिजाले पार्टी नेतृत्वका लागि संस्थापन र इतर दुवै पक्षलाई ढुक्क हुने स्थिति बन्न सकेको छैन । अघिल्लो महाधिवेशनको तुलनामा पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्षको स्थिति केही सुदृढ देखिए पनि संस्थापनइतर पक्ष एक भएर मैदानमा आए कडा टक्कर पर्ने देखिएको छ ।

संस्थापनइतर पक्षले सोचेजस्तो परिणाम ल्याउन सकेको छैन । देशभरबाट बुधबारसम्म आएका नतिजाले इतर पक्षमा एकमात्रै उम्मेदवार अघि सार्नुपर्ने दबाब बढेको छ । संस्थापन पक्षबाट सभापति देउवा र उपसभापति विमलेन्द्र निधि सभापतिका प्रत्याशी छन् । निधिको प्रभाव क्षेत्र मानिएको प्रदेश २ मा क्षेत्रीय अधिवेशन नै सुरु नभएकाले महाधिवेशन प्रतिनिधि चयन हुन सकेको छैन । प्रदेश २ का ८ जिल्लाबाट मात्रै ८ सय प्रतिनिधि चयन हुन्छन् ।

३३ जिल्लाबाट चयन भएका १ हजार ३ सय ३२ महाधिवेशन प्रतिनिधिमा देउवा र पौडेल पक्ष बराबरी हैसियतमा देखिएका छन् । जिल्लाबाट कान्तिपुर संवाददाताहरूले पठाएको रिपोर्टअनुसार १ हजार ३ सय ३२ महाधिवेशन प्रतिनिधिमा ६ सय ५७ संस्थापन प्यानलबाट र ६ सय ६० पौडेल प्यानलबाट निर्वाचित भएका छन् । अन्य १५ जनामा निधि, सिटौला र कतिपय नखुलेका छन् ।

क्षेत्रीय अधिवेशनबाट करिब ४ हजार २ सय मतदाता चयन हुन्छन् । केन्द्रीय कार्यसमिति, जनसम्पर्क समिति, भ्रातृ तथा शुभेच्छुक संस्थाका समेत गर्दा झन्डै ४ हजार ५ सय हाराहारीमा महाधिवेशन प्रतिनिधि चयन हुन्छन् । जिल्ला कार्यसमिति सभापतिमा पनि संस्थापन र इतर पक्षबीच बराबरी स्थितिमा छन् ।

कांग्रेस नेता अर्जुननरसिंह केसीले प्रारम्भिक नतिजाले संस्थापनइतर पक्षलाई साझा उम्मेदवार बनाउन ठूलो दबाब दिएको स्विकार्छन् । ‘एक हुन सकिएन भने आत्महत्याको बाटो रोज्नु हो, आत्महत्याको बाटो रोज्न हुन्न भन्नेमा सबै हुनुहुन्छ भन्ने मैले विश्वास लिएको छु,’ केसीले भने, ‘एक भएर अघि बढ्यौं भने हाम्रो स्थिति अझै बलियै छ । सुधारवादी पक्षमा नतिजा आउँछ भन्ने विश्वास छ ।’

देउवानिकट एक नेताका अनुसार अघिल्लो महाधिवेशनमा गुमेका क्षेत्र र जिल्लामा समेत यसपटक सुधार भएको तर्क गर्दै आफ्नो स्थिति सुदृढ भएको दाबी गरेको छ । ‘संस्थापनइतर पक्षमा दुई जना उम्मेदवार भएको अवस्थामा पहिलो चरणमै नतिजा आउन सक्ने देखिएको छ,’ देउवानिकट एक नेताले भने, ‘अब हाम्रो मुख्य चासो प्रदेश २ मा हो । त्यहाँ निधिजीको पक्षमा कति प्रतिनिधि आउँछन्, त्यसपछि प्रस्ट तस्बिर आउँछ ।’महाधिवेशन प्रतिनिधिमा ठूलो संख्यामा युवा चुनिएका छन् । विभिन्न क्षेत्रका व्यवसायीको प्रवेश पनि यसपटक उल्लेख्य भएको छ । कान्तिपुर दैनिकमा खबर छ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …