तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काभ्रे।रोशी गाउँपालिका वडा नम्बर ११ मेन्धुबा काफलबाेट डाँडा घर भैइ बाबु बल बहादुर सिदाली आमा मेन माया सिदालिको छोरा बर्ष ३७ को सुर बहादुर सिदाली(सुरेश सिदाली मगर)लाई एउटै चिन्ता छ,आफ्नो उपचार खर्च कसरी जुटाउने भन्ने।‘अब थप उपचार गराउन पैसा छैन।सुर बहादुर सिदाली बिगत ३ बर्ष देखि किष्ट मेडिकल कलेज हस्पिटलमा उपचार गर्दै आएको बताएको छ।

मगरले भने कसरी उपचार खर्च जम्मा गर्ने कुनै पेशा व्यवसायी छैन अहिले धेरै वर्ष भइसक्यो उपचारमा लागेको साथमा एक छोरा दुई छोरीहरु छन।उपचार खर्च कसरी जुटाउँ ?

हप्तै पिछे डायलासिस गराउन किष्ट मेडिकल पुग्नुपर्छ,’ मगरले भने अस्पतालमा उपचार खर्च जुटाउन गाह्रो भैरहेको छ’ उनका अनुसार ३ वर्षदेखि मृगौलाको समस्या देखिएको हो।उहाँको दुवै मृगौला काम नलाग्ने भएपछि आफन्तहरु आर्थिक स्रोत जुटाउन खटिए पनि आर्थिक जुटाउन नसकेको उनले बताए ।

खाने, लाउने र कमाउने उमेरमा मगरको दुवै मृगौला फेल भएपछि उनका दिनहरु निकै कठिन बनेका छन् । पिडित सुर बहादुरको घरमा कमाउने कोही छैन।

सुर बहादुर सिदाली ३७ बर्षको भए,छोरा छोरीहरु पनि स साना नै छन।दुबै मृगौलामा फेल भएपछि आफन्तहरुको सहयोगमा काठमाडौं ल्याएर उपचार गराइ राखेका छौ।मृगौला फेर्ने चाहाना छ,त्यत्रो पैसा जुटाउन सक्ने अवस्था नभएकाले डायलासिस गराउँदै आएको छु।उनले भने,माग्ने ठाउँ सबै सकियो, अब त डायलासिस खर्च पनि कसरी जुटाउने भन्ने पिर पर्न थालेको छ ।

सुर बहादुरको घरमा साना छोराछोरी मात्रै छन् डाक्टरले मृगौला प्रत्यारोपण गर्न ३५ देखि ४० लाख खर्च लाग्छ भनेपछि रोएरै दिन कटाएको उनले बताउँछन ।उनले दुखेसो पोखे ‘विहान साँझ हातमुख जोर्न समेत धौधौ छ, म गरीबले कसरि उपचार गरुँ?

सुर बहादुरको परिवारले उपचार सहयोगका लागि वडा कार्यालयदेखि गाउँपालिका र सरकारी निकायमा धाईरहेको बताए।मैले मेरो नयाँ जीवन पाउन सहयोगी मनहरुले मात्रा दिन सक्नु हुनेछ मलाई सहयोग गर्नुहोस् मेरो सानो नाबलक छोरा छोरीको उज्जल भबिश्य तपाईंहरुको सानो सहयोगले मेरो पारीवारले नयाँ जीवन पाउन सक्छ भनी सहयोगको अपिल गरेका छन ।

सहयोगी मनहरुले स्वदेश तथा बिदेशबाट उल्लेखित नम्बरमा 982-3062278 सम्पर्क गर्न सक्नुहुनेछ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …