• शनिवार, मङ्सिर-१८,२०७८ |
  • तपाईंको आगमन
  • हाम्रोबारे
  • हाम्रो समूह
  • सम्पर्क पृष्ठ

तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

झापा। छिमेकीको हत्या गरेर शौचालयको ट्याङ्कीमा लुकाइएको शव फेला पारेर अभियुक्त पक्राउ गर्न सफलता पाएका दमक इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नवराज कार्की कात्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित हुनुभएको छ ।

प्रदेश नं १ को प्रदेश प्रहरी कार्यालयले आज कात्तिक महिनाभरिमा कर्तव्य निर्वाहका क्रममा सबैभन्दा उत्कृष्ट कार्य गरेबापत कार्कीलाई उक्त सम्मान तथा पुरस्कार दिएको हो । गौरादह नगरपालिका–५ का ४६ वर्षीय मबेसिर हुसेन मियाँ गत कात्तिक ११ गतेदेखि हराइरहेका थिए । परिवारले उहाँको खोजी गरिदिन प्रहरीमा निवेदन दिएको थियो । तलास गर्ने क्रममा स्थानीयवासी महमद सद्दामको घरबाहिर शौचालयको सेफ्टी ट्याङ्कीभित्र कम्बलमा पोको पारी फालिएको अवस्थामा मियाँको शव कात्तिक २६ गते भेटिएको थियो ।

सो घटनाको सफल अनुसन्धान गरी अपराधमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरी कानूनी कारबाहीको दायरामा ल्याउन सफल भएका प्रहरी नायब उपरीक्षक कार्कीले आम नागरिकमा सुरक्षाको अनुभूति हुने गरी नागरिकसमक्ष प्रहरीको छवि उच्च बनाएको प्रदेश प्रहरी कार्यालयले उक्त उपाधि घोषणा गर्दै आज जनाएको छ ।

सर्वोत्कृष्ट प्रहरी घोषित कार्कीको उत्कृष्ट कार्यको विवरणसहितको फ्लेक्स पोस्टर १ नं प्रदेश प्रहरी कार्यालय विराटनगरमा निर्माण गरिएको स्तम्भ र १ नं प्रदेशअन्तर्गत रहेका प्रथम श्रेणीका इलाका प्रहरी कार्यालयहरुमा एक महिनासम्म राखिने भएको छ ।

प्रहरी कर्मचारीहरुको मनोबल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङ्कन गर्दै १ नं प्रदेश प्रहरी कार्यालय विराटनगरले १ नं प्रदेशभरिका प्रहरी कर्मचारीहरुमध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनोट गर्दै आइरहेको छ ।

सम्बन्धित पोष्टहरू
लेख रचना/कबिता

महाकवि देवकोटाको जयन्तीमा काव्य गोष्ठी

महाकवि देवकोटाको जयन्तीमा काव्य गोष्ठी
पत्रपत्रिका

प्रेस स्वतन्त्रता सेनानी झा पुरस्कृत

सप्तरी। सप्तरीको राजविराजमा आज आयोजित एक कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झालाई लक्ष्मी–मुक्ति स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । नेपाल पत्रकार महासङ्घ सप्तरीमा आयोजित …

मुद्दा सुनुवाइ नगरेको भन्दै पीडितद्वारा सर्बोच्च अगाडि नाराबाजी

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले मंगलबारबाट सबै प्रकृतिका मुद्दाको सुनुवाइका लागि पेसी तोकेका छन् । प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै आएका न्यायाधीशहरूलाई इजलास फर्काउनका लागि …

कर्मचारीको उमेर हद ६० वर्ष बनाइँदै

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले अध्यादेशबाट ल्याउन लागिएको सङ्घीय निजामती सेवा ऐनमा निजामती कर्मचारीको अवकाश उमेर हद ६० वर्ष कायम …

आमसञ्चार प्रशिक्षण प्रतिष्ठान चितवनमा स्थापना हुनुपर्ने माग

चितवन। आमसञ्चार प्रशिक्षण प्रतिष्ठान चितवनमा स्थापना गर्ने मागसहित ११ बुँदे घोषणापत्र जारी गर्दै नेपाल पत्रकार महासङ्घ वाग्मती प्रदेशको प्रथम प्रादेशिक भेला आज सौराहामा सम्पन्न भएको …