तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं । आइसिसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गतको उद्घाटन खेलमा नेपालले हङकङविरुद्धको खेलमा ब्याटिङ गर्ने भएको छ ।

संयुक्त अरब इमिरेट्स (युएई) को आइसिसी एकेडेमीमा हङकङकी कप्तान केरी चानले टस जितेर पहिला फिल्डिङ रोजेपछि नेपालले पहिले व्याटिङ गर्ने भएको हो ।

पहिलो पटक विश्वकप खेल्ने सोचमा रहेको नेपाल हङकङलाई पराजित गर्दै प्रतियोगिताको सुरुआत गर्न चाहन्छ । यता हङकङ पनि नेपाललाई पराजित गर्दै जीत निकाल्ने दाउमा छ ।

विभिन्न छ टोली सहभागी उक्त प्रतियोगिताको विजेताले सन् २०२२ मा हुने महिला टी–२० ग्लोबल छनोटमा स्थान बनाउनेछ । नेपाली महिला टोलीले २०१९ को टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा हङकङलाई चार विकेटले हराएको थियो । त्यसयता नेपाल र हङकङको भेट भएको छैन । छनोटअन्तर्गत नेपालले आफ्नो दोस्रो खेल भूटानसँग भोलि खेल्नेछ भने तेस्रो खेल कुवेतसँग बिहीबार खेल्ने तालिका रहेको छ । 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …