बैतडी। बैतडीमा जन्ती बोकेको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । देहिमाडौँबाट जन्ती बोकेर सिमायलतर्फ जाँदै गरेको म१ज ३१० नंको जीप करिब साढे ८ बजे दशरथचन्द नगरपालिका–४ को कलुवाड मोडमा दुर्घटना भएको हो ।
दुर्घटनामा परी चार जनाको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कम्तीमा चार जनाको मृत्यु भएको छ, प्रहरी उद्धारमा खटिएको छ ।” दुर्घटनामा परेर तीन जना गम्भीर घाइते भएका छन् । मृतक र घाइतेको परिचय खुल्न सकेको छैन ।
घाइते र मृतकलाई जिल्ला अस्पताल लगिएको छ । जीप सडकबाट सात सय मिटर तल खसेको घटनास्थलमा खटिएका प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो । दुर्घटनाको कारण खुल्न सकेको छैन ।
काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …
काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …