तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

जीवन पाख्रीन तामाङ

काभ्रे।नेपाली कांग्रेसको चौधौं महाधिवेशन अन्तरगत प्रदेशसभा क्षेत्रीय अधिवेशन हिजो सम्पन्न भएको छ। हिजो सम्पन्न अधिवेशनमा संविधानसभा सदस्य तथा काभ्रेली जनताको सारथी उदयमान युवा नेता तिर्थ लामाको टिमबाट प्रदेशसभा क्षेत्रीय कार्यसमितिको लागि सभापति राम योन्जनको साथमा सचिव पदको लागि दावा फेन्चु लामाले उम्मेदवारी दिएका हुन।
मंसिर १ गते बनेपाको पञ्चकन्या बैङ्क्वैटमा औपचारिक कार्यक्रम गरि सचिव पदको लागि लामाले उमेदवारी घोषणा गरेका थिए।

दावा फेन्चु लामा यस अघि वडाको उप-सभापति हुँदै वडा सभापतिको जिम्मेवारी निष्ठा र इमान्दारीपुर्वक वहन गर्दै आएका थिए,पार्टीको निर्देशन र संगठन निर्माणमा अहोरात खटिने नेता लामा ईमान्दार,सालिन र बौद्धिक नेताको रुपले चिनिन्छ।पार्टीको अधिवेशनको शिलशिलामा क्रियाशिल सदस्यता वितरण देखि क्षेत्रीय प्रतिनिधि छनौट सम्म अहम भुमिकामा रहेर वडाका अग्रज नेताहरुसंगको समन्वय र साथ सहयोगको बलमा विवाद रहित तरिकाले लामाले सम्पन्न गरेका थिए।


मिलनसार स्वभाव,कार्यकर्ताको सुख दुखमा साथ दिन हरदम प्रयासरत रहने र चाँडै नेता कार्यकर्ताहरुसँग घुलमिल हुन सक्ने क्षमताका कारण पनि नेता लामा लाई सबैले मन पराउछन्।

तदअनुरुप लामालाई पार्टीमा उसले गरेका योगदान र क्षमतालाई मध्यनजर गर्दै प्रदेश सभा क्षेत्रीय कार्यसमितिको सचिव पदको लागि लामा निर्विवाद उम्मेदवारी घोषणा र निर्विरोध निर्वाचित भएका हुन् ।

प्रदेशसभा क्षेत्रीय अधिवेशन सर्वसम्मत गराउन जिल्ला सभापतिको उम्मेदवार तथा संविधान सभा सदस्य एवं काभ्रेको सर्वमान्य नेता, काभ्रेको शान भनेर चिनिने युवा नेता तिर्थ लामाले अथक भुमिका निर्वाह गरेका थिए।

नेपाली कांग्रेसको महाधिवेशन तालिका अनुरुप मंसिर ३ गते प्रदेश सभा क्षेत्रीय अधिवेश ६ गते प्रतिनिधि सभा अधिवेशन १० गते जिल्ला अधिवेशन १६/१७ गते प्रदेश अधिवेशन र २४/२५/२६ गते केन्द्रीय महाधिवेशन हुदैछ । हाल सम्म वडा अधिवेशन, गाउपालिका/नगरपालिका र प्रदेश सभा क्षेत्रीय अधिवेशन सम्पन्न भइसकेको छ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …