तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौँ। आजदेखि सातौँ जुनियर कराँते च्याम्पियनसिप सुरु भएको छ । नेपाल सितेरियो कराँते सङ्घ र ठमेल डोजोले संयुक्तरुपमा आयोजनामा गरेको च्याम्पियनसिपमा नेपालबाट ४०० र भारतबाट ५५ जना खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । खेल आजदेखि राष्ट्रिय टेबुलटेनिस हल लैनचौरमा सुरु भएको हो ।

उक्त खेलको उद्घाटन गर्दै काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले खेल, पूर्वाधार, स्वास्थ्य, शिक्षा, सम्पदा तथा पर्यटन, सामाजिक तथा खेलकूदका क्षेत्रमा प्रशस्त लगानी गरेको बताउनुभयो । आयोजक कमिटीका अध्यक्ष सन्तोष श्रेष्ठले खेलमा करिब ४०० नेपाली र भारतबाट करिब ५५ खेलाडी सहभागी छन् । खेल उमेर समूह र तौल समूह, केटा र केटी गरी चार समूहमा प्रतिस्पर्धा हुनेछ ।

उमेर समूहमा आठ वर्षदेखि तलका बालबालिकालाई पहिलो समूह बनाइएको छ । त्यसपछि हरेक दुई वर्षको अन्तर बनाएर १८ वर्षसम्मका खेलाडीलाई सहभागी गराइएको छ । यसैगरी तौल समूहतर्फ २० केजीभन्दा कम तौल भएकालाई पहिलो समूह बनाइएको र हरेक पाँच केजीको अन्तरमा ८० केजीसम्मलाई तौल समूहमा वर्गीकरण गरिएको जनाइएको छ । दुईदिने प्रतिस्पर्धा भोलि सकिनेछ । यसका लागि काठमाडौँ महानगरपालिकाले रु पाँच लाख आर्थिक अनुदान प्रदान गरेको छ भने खेल्नका लागि आवश्यकपर्ने खेल सामग्री पनि उपलब्ध गराएको थियो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …