तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेप्रति जनताको आकर्षण दिनानुदिन बढ्दै गएको बताउनुभएको छ । 

नेपालगञ्जमा आज आयोजित एमालेको बृहत् पार्टी प्रवेश तथा जनसभालाई सम्वोधन गर्दै अध्यक्ष ओलीले आफ्नो नेतृत्वको सरकारले गरेको काम र एमालेको नीति विचारको आधारमा पार्टीप्रति जनलहर बढेको दाबी गर्नुभयो । 

“एमाले सम्पूर्ण जनताको साझा पार्टी भएकाले सही विश्लेषण र निष्कर्षका साथसाथ साथीहरू पार्टी प्रवेश गर्नुभएको छ”, अध्यक्ष ओलीले भन्नुभयो, “एमाले प्रादेशिक÷जातीय पार्टी होइन, देश बनाउने पार्टी हो अबको निर्वाचनमा एमालेको आफ्नै सुदृढ बहुमत हुनेछ ।

आफू प्रधानमन्त्री हुँदा विकासको लहर ल्याएर विश्वसामु पहिचान बनाएको दाबी गर्दै उहाँले आफ्नै पालामा नेपाल तीव्र ढङ्गले विकास गर्ने विश्वका १० देशको सूचीमा परेको दाबी गर्नुभयो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …