तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

जिबन पाख्रीन तामाङ

काभ्रे।नेपाली कांग्रेस जिल्ला अधिबेसन मिति नजिकिँदै गर्दा काभ्रे जिल्ला सभापतिमा संविधानसभा सदस्य,पुर्व संसद,युवा नेता तिर्थ लामा लगाएत उहाँको टीमले आफ्नो उम्मेदवारी घोषणा गरेका छन ।

लामाले उम्मेदवारी दिने घोषणा गरेसँगै उनका समर्थकहरुले सामाजिक सञ्जालमार्फत लामा एक इमानदारी जनताको दुख सुखमा सधै साथ दिने ब्यक्ति भएकाले उनलाई अत्याधिक मतले दिई बिजय गराउन प्रचार–प्रसार सुरु गरेका छन्।अग्रजको सम्मान–युवाहरुको बिश्वास भन्ने नारा लिएर लामा चुनावी दौडमा अघि सरेका हुन्।

नेपाली कांग्रेसको १४ औ महाधिशेवनको मिति नजिकिए सँगै काभ्रे कांग्रेसमा अधिवेशनको सरगर्मी बढ्न थालेको छ।कांग्रेसको केन्द्रीय निर्वाचन समितिले पछिल्लो समय चौथोपटक निर्वाचनको मिति हेरफेर गर्दै नयाँ कार्यतालिका सार्वजनिक गरेपछि जिल्लामा अधिवेशनको माहोल एकाएक तातेको हो।

अधिवेशनको नयाँ मिति तय भएसंगै नेताकार्यकर्ताहरु उत्साहित भएर आपसी भेटघाट,सामूहिक जमघट,छलफल र बैठकलाई तीव्रता दिन थालेका छन्। जिल्ला र क्षेत्र बिभिन्न पदमा नेतृत्वका लागि आकांक्षीले औपचारिक रुपमा उम्मेदवारी घोषणा गरेका छन भने आफ्नो पक्षमा चुनावी नतिजा ल्याउन लागि दौडधुप गरिरहेका छन् ।

नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन आउदो मंसिर २४ गतेदेखि २६ गतेसम्म काठमाण्डौमा हुनेछ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …