तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

गलकोट। नेपालकै एक मात्र शिकार आरक्ष क्षेत्र ढोरपाटनमा आन्तरिक पर्यटक बढ्न थालेका छन् । दशै तिहारका समयमा सो स्थान खुम्ने पर्यटकमा बृद्धि हो । ढोरपाटनको हिमाली क्षेत्रमा अहिले यस वर्षको दोस्रो शिकार याम चलिरहेको छ तर शिकार खेल्न विदेशी पर्यटक सोझै हिमाली क्षेत्रमा पुग्ने भएपनि आन्तरिक पर्यटक सिकार आरक्ष क्षेत्र कार्यालय स्थित ढोरपाटन उपत्यका, ढोरबारही मन्दिर लगायतका रमणीय क्षेत्रको अवलोकनका लागि त्यहाँ पुगेका छन् ।

ढोरपाटनमा सडकको सहज पहुँच, होटल, सामुदायिक घरबास र सञ्चार सुविधा पुगेसंगै थप आकर्षण बढ्न थालेको हो । यस वर्ष ढोरपाटनमा आन्तरिक पर्यटकको आगमन धेरै भएको स्थानीयवासी गगन पुनले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो “कोरोनाका कारण केही शिथिल बनेको ढोरपाटनको पर्यटन यसवर्ष निकै बढेको छ । ” विशेष गरी बागलुङ, पर्वत, प्युठान, गुल्मी, रुपन्देही लगायतका स्थानबाट ढोरपाटन बढी आउने गरेको उहाँको भनाइ छ ।“यस वर्ष त आन्तरिक पर्यटक राम्रै आएको छ, दैनिक २०० भन्दा बढी पर्यटक ढोरपाटनमा आएको मैले पाएको छु, कोही गाडी लिएर आउँछन्, कोही मोटरसाइकल लिएर आउँछन्,” उहाँले भन्नुभयो “सडकको सुविधा भएर पनि होला, पहिले जस्तो पैदल हिँड्न परेन, गाडी ढोरपाटनको सबै ठाउँ पुग्छ ।”

पर्यटकको आमगन बढेसँगै ढोरपाटनमा व्यापार व्यवसाय पनि फस्टाउन थालेको छ । उहाँले ढोरपाटनमा उत्पादन हुने आलु, स्याउ, सिमी लगायतका उत्पादित वस्तुहरुले समेत उचित मुल्य पाउन थालेको जनाउँदै ढोरपाटनवासी पनि अब व्यवसायसँग जोडिन थालेका छन् । यसपटकको बिदाको समयमा पारिवारिक भ्रमणको गन्तव्य ढोरपाटन रोजेको बागलुङका अधिवक्ता राम शर्माले बताउनुभयो ।

उहाँ सहित आठ जनाको समूह तीन दिने ढोरपाटन भ्रमण सकेर मंगलबार बागलुङ फर्किएको छ । “पाँचौ पटक ढोरपाटन पुगे, यस पटक परिवार सबैलाई लिएको गएको थियो, होटलहरु भरिभराउ भएको पाइयो, दैनिक चार पाँच समय पर्यटक ढोरपान पुगेको देखियो” उहाँले भन्नुभयो “ पुगेपनि धित मर्दैन ढोरपाटनमा पछिल्लो समय सेवा सुविधा वृद्धि भएर होला पर्यटक राम्रै पुगेको पाइयो ।” पर्यटकको बाक्लो उपस्थिति रहेकोे ढोरपाटन भ्याली होटलका सञ्चालक गंगा भण्डारीले जानकारी दिनुभयो । पछिल्लो समय ढोरपाटन क्षेत्रमा होटल तथा घरबासो संख्यामा वृद्धि हुँदै आएको स्थानीयवासी गौमती पुनले बताउनुभयो । रासस

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …