तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौँ । घरघरमा झिलिमिली बत्ती, घरका कौसी अनि करेसामा रङ्गीचङ्गी फूल र आँगनमा देउसीभैलोको आवाज अर्थात् तिहार । 

नेपालीको घरआँगनमा तिहार सुरु भइसक्यो । देउसीभैलोका लागि नयाँ मादल खरिद गर्ने या फुस्केको तना कसेर अनि झरेको खरी भरेर मादल तयारी भइसक्यो ।

आज मादल बजेको किन

गाउँघर दुनियाँ ब्यूँझाउन

मादललाई गाउँघर ब्यूँझाउने प्रतीकका रूपमा पनि लिइएको छ । व्यापारका हिसाबले पनि तिहारको समयमा मादल मर्मत र बिक्रीको अवस्था राम्रै छ । मादल व्यवसायी जमुना कुलुका अनुसार तिहार लागेपछि मादललगायत छाला बादनको मर्मत र व्यापार बढ्छ । अझ देउसी, भैलोमा मादलको ताल अनिवार्यजस्तै हुन्छ ।

भूकम्प र कोरोना महामारीले मादल व्यवसायमा मन्दी आएको भए पनि यस पटक व्यापारमा केही सुधार भएको अनुभव मादल व्यवसायीको छ । वसन्तपुरकी मादल व्यवसायी कुलुले भन्नुभयो, “यस पटक मादल व्यापार अलि बढेको छ ।” मादल बनाउनु, बेच्नु कुलुको पुख्र्यौली पेसा हो । बाजे, बराजुको पालादेखि गरिआएको यस पेसालाई जमुनाको परिवारले समेत व्यावसायिक रूपमा नै धान्दै आएको छ । मादलको व्यापार सदावहार नै चल्ने भए पनि भूूकम्पपछि यसको व्यापार खस्केको कुलुको अनुभव छ । 

देउसीमा बलीराजाको महिमा गाइन्छ । मादलको तालमा लोक लयमा देउसी गाउने शैलीले युवापुस्तालाई समेत आकर्षित गरिरहेको छ । मादल घन्केपछि देउसिरे भट्याउन उत्साहित हुन्छन् ।

लोकबाजा सङ्ग्रहालयका रामप्रसाद कँडेलले भन्नुभयो, “देउसी लोकगायन हो । लोकशैली हो । त्यसको साथमा लोकबाजा मादल अनिवार्य नै हुन्छ । यसको तालले युवालाई समेत आकर्षित गर्छ ।

उहाँका अनुसार जस्तोसुकै गीतमा पनि विभिन्न ताल काट्न मिल्ने मादलको माग अन्य बेलाको तुलनामा तिहारमा अत्यधिक हुने गरेको छ । नेपाली लोकभाकामा झ्याउरे र ख्याली बढी प्रचलित छन् । 

मादलबाट ३६ वटा ताल, बोल सिर्जना हुने कँडेल बताउनुहुन्छ । मादल ताला बाजा हो । विशेष गरी मगर समुदायमा यस बाजाको ३६ वटा ताल, बोल रहेको पाइन्छ ।गोरखापत्र दैनिकमा खबर छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …