तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

क्विन्स् न्युयोर्क । शुभ -दिपावलीको पुर्व संध्यामा न्युयोर्कस्थित क्विन्स काउन्टीका प्रमुख डोनोभान रिचार्ड्सको संयोजन एवं हिन्दु मन्दिर सोसाईटी न्युयोर्कको सहप्रायोजनमा दक्षिण एशियाई विभिन्न धार्मिक एवं सामाजिक संघ संस्थाको भव्य उपस्थितीवीच विविध कार्यक्रम गरी दिपावलीको शुभकामना कार्यक्रम सम्पन्न भएको छ ।

आईतवार न्युयोर्क क्वीन्सस्थिक फ्लसिंग हिन्दुमन्दीरको अडिटोरियम हलमा आयोजित सो कार्यक्रममा न्युयोर्क राज्यकी प्रथम दक्षिण एशियाई हिन्दुमुलकी एसेम्व्ली ओमेन माननीय जेनीफर राजकुमार अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो।

त्यसैगरी भारत, नेपाल, वंगलादेश, म्यान्मार, फिलिपिन्स, गयना  लगायत देशहरूको संस्कृति सहितका नाचगान ,भजनसहित प्रवचन एवं सम्मान कार्यक्रम गरिएको थियो।क्विन्सबोरोकी डिपुटी वोरो प्रेसिडेन्ट रोन्डा विन्डाको सुमधुर स्वरमा संचालित सो कार्यक्रममा दर्जनौं संघसंस्थाका विशिष्ठ महानुभावहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

सो अवसरमा वोल्दै आयोजक संस्था एवं क्विन्स वोरो प्रेसिडेन्ट माननीय डोनोभान रिचार्ड्सले अमेरिकाको न्युयोर्कको क्वीन्स विश्वकै विविधता भएको स्थल हो जहाँ करीब २०० देशका सयौं धर्म,भाषा र संस्कृतीहरू छन, आफु त्यो वोरोको अध्यक्षको हैसीयतले आज हिन्दुहरूको महत्वपूर्ण चाड दिपावलीको पुर्वसंध्यामा यो कार्यक्रम राखी यहाँहरू सबैलाई स्वागत गर्न पाउँदा आफु गौरवान्वित भएको धारणा व्यक्त गर्दै सम्पूर्ण क्वीन्सवासीको तर्फवाट दिपावलीको हार्दिक वधाई एवं शुभकामना व्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्नुहुँदै न्युयोर्ककी प्रथम दक्षीण एशियाई एसम्व्लीओमेन माननीय जेनीफर राजकुमारले दिपावली एक ऐतिहासिक पर्व भएको र यस्को धार्मिक,सामाजिक र साँस्कृतीक महत्ववारे पुष्टी पार्दै आफु भारतीय हिन्दुमुलकी महिला भएको र माता दुर्गा एवं लक्ष्मीको भक्त भएकोमा गर्व लागेको वताउनुभयो।वहाँले सबैमा शुभकामना टक्रयाउँदै आगामी दिनहरूमा धर्म र संस्कृती जोगाउन आफु थप शसक्त भै लागीपर्नेमा जोड दिनुभयो।

सो अवसरमा यस क्षेत्रमा विशिष्ठ योगदान पुर्याउने विभिन्न संस्था एवं व्यक्तित्वहरूलाई सम्मान गरीएको थियो। उत्कृष्ट संस्थाहरुमध्ये जिपी कोईराला फाउन्डेशन अमेरीका च्यापटरलाई सम्मानपत्रद्वारा सम्मानित गरीएको थियो। सो सम्मान ग्रहण गर्दै फाउन्डेशन अमेरिका च्याप्टरका अध्यक्ष सोमनाथ घिमीरेले आफुहरुको उच्च मुल्याँकन गरी सम्मानित गरिदिनु भएकोमा क्विन्सवोरो प्रेसिडेन्ट लगायत पदाधिकारीप्रती आभार व्यक्त गर्नुभयो । वहाँले आगामी दिनहरूमा आफुहरू समुदायको हकहितमा अझ ससक्त भै लागीपर्नेमा जोड दिनुभयो।

सो कार्यक्रममा फाउन्डेशनको तर्फवाट उपाध्याय सुवर्ण लामा, महासचिव छिरीगं राप्के लामा, प्रवक्ता एवं कार्यसमिति सदस्य रामचन्द्र अधिकारी र कार्यसमिति सदस्य ध्रुव कुँवर क्षेत्री र ने.का. युवा नेता टेक वहादुर कार्कीको उपस्थिति रहेको थियो।

सो अवसरमा नेपाल,भारत,वंगलादेश लगायतका देशका ख्यातीप्राप्त कलाकारहरूद्वारा भजन,नृत्य गायन तथा संगीत प्रस्तुत गरीएको थियो।नेपालको तर्फवाट नेपाली अमेरीकन कलाकार संघको नेतृत्वमा एक विशेष टोलीको उपस्थिति तथा प्रस्तुती रहेको थियो। कार्यक्रममा संघकी अध्यक्ष निशा सुनार, वरीष्ट उपाध्यक्ष वसन्ती राई, उपाध्यक्षहरू विमल डाँगी,राजेन्द्र राई र ईट्ना कार्की लगायतको टोली र समाजसेवी शान्ती गुरड॰ को उपस्थीती रहेको थियो।

सो कार्यक्रममा नेपाली मौलीकता झल्कने भेषभुसा सहितको तिहारको भैली नृत्य कलाकार वसन्ती राईले गर्नुभएको थियो भने लोकनृत्य कलाकार ईट्ना कार्कीले तथा सुन्दर गीतवाट कलाकार राजेन्द्र राईले दर्शकको मन जित्दै तालीको गडगडाहटवाट प्रशंसा पाउनुभएको कुरा फाउन्डेशनका प्रवक्ता रामचन्द्र अधिकारीले वताउनुभयो।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …