काठमाडौं । बेमौसमी वर्षाले सुदूरपश्चिमका ६ वटा पहाडी जिल्लाको सडक सम्पर्क अवरुद्ध भएपछि पर्यटनमन्त्रीको निर्देशनमा आइतबारदेखि धनगढीबाट डोटी र बझाङमा उद्धार उडान सुरु भएको छ ।
तर, नेपाल वायुसेवा निगमका कर्मचारी त्यहाँ नगइदिँदा आइतबार डोटी, बझाङ र धनगढीमा विमानस्थलको सुरक्षार्थ तैनाथ प्रहरी र कर्मचारीले यात्रुको नामावली संकलन गर्ने, पैसा लिने, जहाजमा चढाउने र सामान लगेज लोड–अनलोडका काम गरे ।
नियमित उडान रोकिएपछि डेढ वर्षयता निगमको धनगढी कार्यालय बन्द छ । बझाङस्थित निगमको कार्यालय २०६५ मा खारेज गरिएको थियो । उडान सेवा बन्द भएपछि निगमले डोटीमा रहेको कार्यालय
पनि हटाएको थियो । निगममा १ हजार ३ सय जना कर्मचारी छन् तर १३ वर्षपछि जहाज पुनः बझाङ विमानस्थलमा अवतरण गर्दा भने व्यवस्थापन कर्मचारी एक जना पनि थिएनन् ।
दसैंका अवसरमा घर आएर सडक अवरुद्ध भएका कारण फर्किन नपाएकाहरू निगमको जहाज आउने खबर पाएपछि टिकट पाउन जिल्ला प्रशासन कार्यालयमा लाम लाग्न थालेका छन । भीड हुन थालेपछि आइतबार जिल्ला प्रशासन कार्यालय बझाङले भीड नगर्न सूचना नै गरेको छ ।
‘अस्तिदेखि नै टिकटका लागि फोन गर्ने र भेट्न आउनेहरूका कारणले हामीले गर्ने अरू काम पनि प्रभावित भइरहेका छन्,’ बझाङका प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले भने, ‘सूचना निकाल्यौं तर नेता, कार्यकर्ता र सर्वसाधारणको भीड घटेको छैन ।’ दसैं बिदामा बझाङ आएका कर्मचारी अमृत ओखेडालाई सोमबारदेखि टिकट व्यवस्थापनको जिम्मा दिएको जानकारी आफूलाई निगमबाट प्राप्त भएको उनले बताए ।
निगमले यस्तो बेला फिल्डमै कर्मचारी खटाउनुपर्नेमा नेपालगन्जबाट ५ जनालाई जहाजमा पठाएको थियो । कर्मचारीहरु साँझ त्यही जहाजमा नेपालगन्ज नै फर्किए । ‘निगमको १९ सिट भएको टुइनअटर जहाज आयो । तर, यहाँ कर्मचारी नभएकाले प्रहरीले यात्रुहरूको नाम संकलन गर्ने, हामीले सामान राख्ने, चेकजाँचमा सहजीकरण गर्ने र टिकटको पैसा उठाइदिने काम गरिदियौं,’ धनगढी विमानस्थल प्रमुख रामकृष्ण भट्टले भने ।
प्रधानमन्त्री शेरबहादुर देउवासँगै बिहीबार बाढी प्रभावित क्षेत्रको अवलोकन गर्न गएका पर्यटनमन्त्री प्रेमबहादुर आलेले शनिबार काठमाडौं फर्केर निगमका महाप्रबन्धक डिमप्रसाद पौडेल र नायब महाप्रबन्धक गणेश चन्दलाई तत्काल सडक सम्पर्क टुटेको डोटीको दिपायल र बझाङको चैनपुरमा उडान राख्न निर्देशन दिएका थिए ।
शनिबारै निगमले उडान तालिका सार्वजनिक गर्यो । पर्यटनमन्त्री आलेको सचिवालयले ती क्षेत्रमा सम्पर्क गर्न यात्रुहरूका लागि नेपालगन्ज विमानस्थलका प्रमुख किरणमान श्रेष्ठसहित लोडमास्टर गोविन्द गिरिसहितको नम्बर फेसबुक पेजबाट शनिबारै सार्वजनिक गर्यो । तर, निगमका कर्मचारीले नागरिकलाई विपत्मा सघाउनुको बदला फोन अफ गरेका छन् ।
‘निगमको धनगढीमा कार्यालय बन्द छ । सडकबाट जान नसकिने भएपछि जहाज चढ्ने यात्रु र बझाङमा सीडीओबीच तनाव भएछ । निगमले पठाएका ५ जना कर्मचारी दुइटा फ्लाइट सकेर नेपालगन्ज फर्किसके,’ धनगढी विमानस्थल प्रमुख भट्टले भने, ‘यात्रुहरू निगमको टिकट लिन एयरपोर्ट धाइरहेका छन् । यात्रुको चाप छ । प्रहरीले नाम टिपेर सघाइरहेको छ । बझाङ र डोटीमा मैले त्यहाँ रहेका प्राधिकरणका एयर ट्राफिकलाई तत्काललाई हेरिदेऊ भनेको छु ।’ आइतबार नेपालगन्जबाट आएका कर्मचारीले धनगढीमा यात्रुबाट विमानस्थलमा उठाइएको रकम संकलन गरे । धनगढीबाट बझाङ र डोटीका लागि भएको एक/एक उडानमा एक जना कर्मचारी जहाजमै गए, फर्किए ।
आइतबार निगमको ‘ब्राभो, युनिफर्म’ टुइनअटर काठमाडौंबाट पठाइएको थियो । नेपालगन्ज पुगेर उक्त विमान कर्मचारी लिई धनगढी गएको थियो । निगमको नेपालगन्ज क्षेत्रीय कार्यालयका प्रमुख किरणमान श्रेष्ठले ‘अति धेरै फोन आएकाले’ मोबाइल अफ गर्नुपरेको बताए ।कान्तिपुर दैनिकमा खबर छ।
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …
चितवन। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिने बताउनुभएको छ । प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनको …
सप्तरी। सप्तरीको राजविराजमा आज आयोजित एक कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झालाई लक्ष्मी–मुक्ति स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । नेपाल पत्रकार महासङ्घ सप्तरीमा आयोजित …