तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

एजेन्सी। बन्दुकधारीहरूको आक्रमणमा परी नाइजेरियामा कम्तीमा ३० जनाको मृत्यु भएको छ । देशको उत्तरपश्चिम क्षेत्रमा पर्ने सोकोटो राज्यमा आइतबार राति बन्दुकधारीहरूले आक्रमण गरेको सरकारी अधिकारीहरूले सोमबार जनाएका छन् ।

प्रदेश गर्भनर अमिनु वाजिरी ताम्बुवालले सोमबार जारी गरेको वक्तव्यका अनुसार प्रदेशअन्तर्गतको गोरोन्यो सहरमा उनीहरूले आक्रमण गरेका हुन् । आक्रमणस्थलमा गोरोन्यो स्थानीय सरकारको मुख्य कार्यालय रहेको थियो, घटनामा परी कम्तीमा ३० जनाको मृत्यु भएको छ,” वक्तव्यमा लेखिएको छ ।

प्रत्यक्षदर्शीहरूले मोटरसाइकलमा १५० देखि २०० को सङ्ख्यामा आएका आक्रमणकारीहरूले आक्रमण गरेर भागेको जानकारी दिएका छन् । आक्रमणकारीहरू मोटरसाइकलमा आएर बजारको भीडभाडमा पसे, अनि अन्धाधुन्द गोली चलाएर भागे,” एक प्रत्यक्षदर्शीले भने ।

आक्रमण गर्ने, हत्या गर्ने, अपहरण गर्ने लगायतका घटनाहरू धेरै हुँदै गएकाले यस क्षेत्रमा सुरक्षा चुनौती थपिँदै गएको स्थानीयको भनाइ छ । उनीहरूले घना बस्ती भएको यस क्षेत्रमा सुरक्षा व्यवस्था कडा पार्न पनि सरोकारवालाहरूसँग माग गरेका छन् । नाइजेरियाका विभिन्न ठाउँमा पछिल्लो समय बन्दुकधारीहरूको आक्रमणका घटना बढ्दै गएको पाइएको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …