• शनिवार, मङ्सिर-१८,२०७८ |
  • तपाईंको आगमन
  • हाम्रोबारे
  • हाम्रो समूह
  • सम्पर्क पृष्ठ

तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं । मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा संयुक्त अधिराज्यको ग्लास्गोमा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी ‘वल्र्ड लिडर समिट’मा सहभागी हुने प्रतिनिधिमण्डलको गठन गर्ने निर्णय गरेको छ । ग्लास्गोमा यही अक्टोबर ३१ देखि नोभेम्बर १२ सम्म जलवायु परिवर्तनसम्बन्धी २६औँ सम्मेलन हुँदैछ ।

मन्त्रिपरिषद्को आज बसेको बैठकले साफ च्याम्पियनसीप प्रतियोगितमा उपविजेता भएका नेपाली फुटबल टिमका खेलाडीलाई जनही रु पाँच लाख र प्रशिक्षकलाई रु तीन लाखका दरले प्रोत्साहन रकम उपलब्ध गराउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं  सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

यसैगरी बैठकले मोहम्मद जयन्ती (१४९६) का अवसरमा यही कात्तिक २ गते मुस्लिम सुमुदायलाई सार्वजनिक बिदा दिने र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संंशोधन) नियमावली, २०७८ स्वीकृत गर्ने निर्णय गरेको छ ।

अबुधाबी डाइलगको  छैटौँ मन्त्रीस्तरीय परामर्श बैठकमा सहभागी हुन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीलाई स्वीकृति दिने र लोकसेवा आयोग तथा बढुवा समितिको सिफारिसबमोजिम राजपत्राङ्किंत प्रथम श्रेणीका विभिन्न पदहरुमा नियुक्त गर्ने निर्णय भएको उहाँले बताउनुभयो । बैठकले विभिन्न मन्त्रालयमा अस्थायी दरबन्दी सिर्जना गर्न स्वीकृति दिने निर्णय गरेको मन्त्रालयमा मन्त्रिपरिषद्का निर्णय सार्जवनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उहाँले जानकारी गराउनु्भयो । रासस

सम्बन्धित पोष्टहरू
लेख रचना/कबिता

महाकवि देवकोटाको जयन्तीमा काव्य गोष्ठी

महाकवि देवकोटाको जयन्तीमा काव्य गोष्ठी
पत्रपत्रिका

प्रेस स्वतन्त्रता सेनानी झा पुरस्कृत

सप्तरी। सप्तरीको राजविराजमा आज आयोजित एक कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झालाई लक्ष्मी–मुक्ति स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । नेपाल पत्रकार महासङ्घ सप्तरीमा आयोजित …

मुद्दा सुनुवाइ नगरेको भन्दै पीडितद्वारा सर्बोच्च अगाडि नाराबाजी

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले मंगलबारबाट सबै प्रकृतिका मुद्दाको सुनुवाइका लागि पेसी तोकेका छन् । प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै आएका न्यायाधीशहरूलाई इजलास फर्काउनका लागि …

कर्मचारीको उमेर हद ६० वर्ष बनाइँदै

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले अध्यादेशबाट ल्याउन लागिएको सङ्घीय निजामती सेवा ऐनमा निजामती कर्मचारीको अवकाश उमेर हद ६० वर्ष कायम …

आमसञ्चार प्रशिक्षण प्रतिष्ठान चितवनमा स्थापना हुनुपर्ने माग

चितवन। आमसञ्चार प्रशिक्षण प्रतिष्ठान चितवनमा स्थापना गर्ने मागसहित ११ बुँदे घोषणापत्र जारी गर्दै नेपाल पत्रकार महासङ्घ वाग्मती प्रदेशको प्रथम प्रादेशिक भेला आज सौराहामा सम्पन्न भएको …