तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

कास्की!आइतबार रातिदेखिको भीषण वर्षाका कारण बेनी-जोमसोमलगायत म्याग्दीका ग्रामीण सडकहरु अवरुद्ध भएका छन् । वर्षाका कारण पहिरो र हिलोले बेनी-जोमसोम सडकखण्डको काभ्रेभीरमा सवारी साधन वारपार गर्न नसक्दा मुस्ताङ भ्रमणमा जानलागेका र मुस्ताङबाट फर्कँदै गरेका यात्रुबीच बाटोमा नै अलपत्र परेका छन् । म्याग्दीलगायत धौलागिरि क्षेत्रमा अहिलेसम्म पनि भीषण वर्षा भइरहेको छ । वर्षासँगैको हुरी बतासले यस क्षेत्रमा लगाइएको धानबाली, तरकारी र फलफूलबालीमा समेत क्षति पु¥याए पछि कृषकसमेत चिन्तित बनेका छन् ।

त्यसैगरी ग्रामीण सडक अवरुद्ध हुँदा दसैँ मनाएर आफ्नो कार्यक्षेत्रमा फर्कँदै गरेका मानिस ठूलो समस्यामा परेका छन् । गाडी गुड्ने सडकमा खोला बगेको छ । बेनी-बगरफाँट-भकिम्ली सडकको बाङ्गेघरा क्षेत्रमा सडकमै पोखरी बनेपछि साना सवारी साधनसमेत चल्न नसकेको स्थानीय राजकुमार सुवेदीले जानकारी दिनुभयो ।

पहिरो र हिलोेका कारण बेनी-दरवाङ, बेनी-मालढुङ्गा, बेनी-बागलुङ सडकखण्डमा पनि सवारी चलाउन कठिन भएको बेनी-दरवाङ सडकखण्डका सवारी चालक सूर्यबहादुर हुमेनले बताउनुभयो । “ठूला सवारी साधन बल्लबल्ल तातोपानी कटेका छन्, ट्याक्सी जान नसेकेका कारण सिंगाबाट फर्काएर बेनी ल्याएँ”, हुमेनले भन्नुभयो । यसैगरी म्याग्दीको उच्च लेकाली क्षेत्रमा हिमपात हुनथालेको छ । म्याग्दीको गुर्जा, सोलेको धुरी, रुम, घोडेपानीलगायत क्षेत्रहरूमा हिमपात हुन सुरु भएको स्थानीयले बताएका छन् ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …