तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

हुम्ला। सहरी क्षेत्रमा प्रहरीलाई अपराध नियन्त्रण गर्न हम्मेहम्मे परिरहेका बेला हिमाली जिल्ला हुम्लाको नाम्खा गाउँपालिका–६ मा भने कुनै पनि उजुरी परेको छैन । हिमालपारिको गाउँसमेत भनेर चिनिने लिमीको प्रहरी चौकीमा अहिलेसम्म कुनै उजुरी परेको अभिलेख छैन ।

तामाङ समुदायको बसोबास रहेको यो क्षेत्रमा झैझगडा, अपराध र चोरीका घटना हुँदैन । लिमी हल्जी गाउँकी टसिडोमा तामाङले हालसम्म उजुरी लिएर चौकी सुनखानीमा जानु नपरेको बताउनुभयो । उहाँले गाउँमा उच्छृङ्खल कार्य नहुने भएपछि स्थानीयवासीले उजुरी दिनु परेको छैन । वर्षौं पुरानो प्रहरी चौकी गाउँले अर्को गाउँमा जाँदा मात्र हेर्ने गर्छन् ।

वडाध्यक्ष पाल्जोर तामाङले लिमीका तीन गाउँमा कुनै आपराधिक घटना नहुने भएकोले हाइसन्चो भएको बताउनुभयो । उहाँले गाउँ–गाउँकाबीच सामान्य विवाद आए गाउँलेसँग वडामै बसेर मिलाउने गरिएकाले पनि प्रहरी चौकीसम्म पुग्नु नपर्ने बताउनुभयो । उहाँले चौकीका प्रहरी गाउँमा आएको देखिए रासन पानीको समस्या, उपाचार वा कार्यालय र आफन्तसँग फोन सम्पर्क गर्न आएको बुझ्नुपर्ने बताउनुभयो । लिमीका स्थानीयवासीको असल व्यवहारकै कारण हालसम्म गाउँमा कुनै अपराध वा झैझगडा नभएकै कारण मुद्दा खेप्नु नपरेको उहाँले बताउनुभयो ।

गत जेठमा जिल्लाबाट प्रहरी चौकी सुनखानी पुग्नुभएका चौकी इन्चार्ज कृष्णजङ्ग शाहले तीन गाउँ तिल, हल्जी र जाङबाट कुनै मुद्दा मामिला र उजुरी नपरेको बताउनुभयो । उहाँले यस वर्ष मात्र नभएर अघिल्ला वर्षहरू पनि उजुरी परेको तथ्याङ्क नदेखिएको बताउनुभयो । लिमीवासीमा निकै शालीन, अनुशासित, अपराध गर्नै हुन्न भन्ने मानसिकता पाइएकाले प्रहरीले चौकी कुर्ने काम मात्र गरिरहनु परेको बताउनुभयो । धेरै जङ्गली जनावर र पक्षी हुने लिमीमा मारकाट र शिकार खेल्नसमेत स्थानीयवासीले बन्देज लगाएका छन् । उहाँले चौकीका प्रहरीको कामै गस्ती जाने, खाद्यान्नको व्यवस्था गर्ने र चौकीको सुरक्षा गर्ने रहेको बताउनुभयो ।

यस वर्ष सीमा प्रहरी चौकीले लुकिछिपी जडीबुटी सङ्कलन गर्न आएका एक जना गाउँ बाहिरका मानिसबारे गाउँलेसँगै छलफल गरेर मिलापत्र गरेको उहाँले बताउनुभयो । त्योबाहेक चौकीमा कुनै उजुरी आएको तथ्याङ्क छैन । कुनै आपराधिक घटना नहुने र हिउँदमा हिउँ पनि धेरै पर्ने भएका कारण प्रहरी जेठदेखि कात्तिक महिनासम्म मात्र चौकीमा बस्ने गर्छ । कात्तिकपछि वैशाखसम्म लिमी चौकीको प्रहरी जिल्लामा फिर्ता हुने गर्छ । २३ जना दरबन्दी भएको लिमीको प्रहरी चौकीका लागि हाल नौ जना मात्र कार्यरत छन् ।गोरखापत्र दैनिकमा खबर छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …