तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौँ। दक्षिण एसियाली क्षेत्रमा नेपाल फुटबलमा सँधै सशक्त टिमको रुपमा रहेको छ । यद्यपि साफ च्यामिपयन्सिपको १२ औं संस्करण सकिँदा पनि नेपालले यस प्रतियोगिताको फाइनल खेल्न सकेको थिएन ।

तर माल्दिभ्समा भइरहेको १३ औँ साफ च्याम्पियन्सीपमा भने नेपाली फुटबल टिमले फाइनल यात्राको सूत्र पत्ता लगाउन सफल भएको छ ।

नेपालले बुधबार तनावपूर्ण खेलमा बङ्गलादेशलाई १–१ ले बराबरीमा रोकेर पहिलो पटक दक्षिण एसियाको सबभन्दा ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियन्सीपको फाइनलमा पुगैर इतिहास बनायो । 

निर्धारित समय सकिन दुई मिनेट बाँकी छँदा अन्जन विष्टले पेनाल्टीमा गोल गरेपछि मात्र नेपाल नाटकीय रुपमा उपाधि भिडन्तमा पुग्न सफल भएको हो । अब नेपालले गत विजेता तथा आयोजक माल्दिभ्स तथा सर्वाधिक पटक च्याम्पिन बनेको भारतमध्ये एकविरुद्ध खेल्नेछ ।

नेपालको जितमा दुई निर्णायक मोड

साफ च्याम्पियन्सीपमा नेपालले सुरुका दुई खेलमा माल्दिभ्स र श्रीलङ्कालाई हराएर फाइनलको यात्रा सहज बनाएको थियो । पछिल्लो खेलमा नै भारतलाई बराबरीमा रोकेमा नेपाल फाइनलमा पुग्ने तय थियो । 

भारतविरुद्ध नेपालले अति डिफेन्सिभ खेल्यो । जसअनुसार भारतलाई खेलको ८२ औँ मिनेटसम्म रोक्न नेपाल सफल पनि भयो । तर निर्धारित समय सकिन आठ मिनेट बाँकी छँदा सुनील क्षेत्रीको गोलले भारतविरुद्धको खेल हारेपछि नेपालले फाइनलखेल्ने बङ्गलादेशसँग कम्तिमा एक अङ्क निकाल्नुपर्ने समीकरण बनेको हो ।

बङगलादेशसँग हार टारेमा फाइनलको लागि योग्य बन्ने नेपालले खेलको आठौँ मिनेटमा नै गोल वेहोरेपछि भने नेपाली समर्थकको ढुकढुकी बढेको थियो । जमान भुँयाको क्रसमा गोलपोस्ट नजिक विना निगरानीमा रहेका सुमन रेजाले हेडमार्फत गोल गरेपछि नेपाल पछाडि परेको हो । 

सुरुमै गोल वेहोरेपछि नेपालले आक्रमक रणनीति अपनायो । यद्यपि गोल प्राप्त गर्न सकिरहेको थिएन । खेलको १५ औँ मिनेटमा नै ओभरल्यापमा आएका गौतम श्रेष्ठले दिएको पासमा गोलपोस्टबाट छ गजमा रहेका रोहितले गोल गर्ने सजिलो अवसर गुमाउनुभयो । खेलको ३२ औँ मिनेटमा आयुष घलानले पनि गोल गर्ने अवसर गुमाउनुभयो । 

उत्तराद्र्धको सातौँ मिनेटमा आयुषले नै छ गजको दुरीबाट हेड गरेको बललाई बङ्गलादेशका गोलरक्षक अनिसुर रहमानले उत्कृष्ट ढङ्गले बचाउँदा नेपालसमक्ष रहेको दबाब कायम रह्यो । खेलको ७० औँ मिनेटमा रोहितको प्रहार गोलपोस्ट नजिकबाट बाहिरयो ।

उता खेलको ५५ औँ मिनेटमा प्रत्याक्रमणमा गोलकर्ता सुमनले वनभर्सेज वनमा गरेको प्रहारलाई किरण चेम्जोङले विफल नपारेको भए नेपालको चुनाती लगभग समाप्त भइसक्ने थियो । 

नेपालले खेलमा फर्किन दुई निर्णायक मोड आए । खेलको ७९ औँ मिनेटमा बङगलादेशका डिफेन्डरको ब्याक पास गलत बनेपछि अन्जनले बल प्राप्त गर्नुभएको थियो । सो बललाई जोगाउन गोलपोस्ट बाहिर आएका बङ्गलादेशी गोलरक्षक रहमानले हातले बल रोकेपछि रेफ्रीले सीधै राता कार्ड देखाए । त्यसपछि एक खेलाडीको फाइदामा खेलेको नेपालले खेलको ८६ औँ मिनेटमा अर्को निर्णायक मोड प्राप्त गर्यो । 

बङगलादेशी डिफेन्डरले डिबक्समा अन्जनलाई अनावश्यक रुपमा लडाएपछि नेपालले पेनाल्टी प्राप्त गर्यो । अन्जनले सो पेनाल्टीलाई गोलमा परिणत गर्नुभयो र सोही गोलले नेपाललाई फाइनलमा पुर्यायो ।गोरखापत्र दैनिकमा खबर छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …