तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

दाङ। चारैतिर दसैँको रौनक छ । घरदेखि परदेशमा रहेकाहरू घर फर्किरहेका छन् । गाउँदेखि शहरमा दसैँको रौनक बढेको छ । हुने खाने वर्गहरू दसैँमा के खाने भनेर तयारी गरिरहेका छन् । तर, सुनिता बिकको घरमा दसैँ आएको कुनै महसुस नै छैन।

श्रीमानको मृत्यु भइसकेको छ । छोरा साथमा छैनन् । दुई छोराछोरी छोडेर बुहारी पनि अन्तै बिहे गरेर गइसकेके छन् । तुलसीपुर–६ कि सुनितालाई भने हरेक वर्षझैँ यसपालि पनि दसैँलाई कसरी विदाइ गर्ने भन्ने पिर छ । ज्यान पाल्ने समस्या भइरहेको समयमा दसैँ तिहारजस्ता ठूला चाडपर्व आउँदा उनलाई झन् बढी समस्याले सताउने गरेको छ ।

तर, पनि उनले हरेश खाएकी छैनन् । ‘साथमा कमाउने कोही नभए पनि जसोतसो दैनिकी चलेको छ’, उनले भनिन्, ‘अरुबेला भन्दा चाडपर्वमा बढी समस्या हुने गरेको छ ।’

उमेरले करिब ६ दशक पूरा गरिसकेकी सुनिताले चाडपर्व आउँदा बढी समस्या हुने गरेको बताइन् । सल्यानबाट करिब तीन दशकअघि बसाइ सरेर तुलसीपुरमा आएकी उनीसँग अहिले आफ्नो नाममा जग्गा पनि छैन । खानसमेत समस्या भइरहेको समयमा कोठाभाडा बुझाउन समस्या हुने गरेको उनले बताइन् ।

प्रकाश नेपाली तुलसीपुरको एक गोदाममा रोजगारी गर्छन् । उनले गोदामबाट दैनिक चार सय आम्दानी गर्छन् । तर, रोजगारीबाट उनी सन्तुष्ट छैनन् । अन्य समयमा दैनिकी चलाउन समस्या नभए पनि दसैँतिहार जस्ता चाडपर्व आउँदा खर्च कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता उनलाई हुन्छ ।

‘रोजगारी गरेको कमाइले दसैँ खर्च जुटाउन समस्या हुन्छ’, उनले भने, ‘दसैँ आउँदा अरु खुसी हुन्छन् । तर, हामीलाई भने चिन्ता हुन्छ ।’

दुई छोराछोरीसहित चार जनाको परिवारलाई अरु समयमा पनि दैनिकी चलाउन समस्या हुने गरेको उनको भनाइ छ । ‘अरु समयमा खर्च जसोतसो गरेर चलाउने गरेको छु’, उनले भने, ‘यसपालि झनै कोरोना महामारीले समस्या पारेको छ, ।’

तुलसीपुर–१६ रत्गैँका रन्जना विक उमेरले १५ वर्षको मात्रै भइन् । तर, उनी घरको अभिभावक हुन् । केही समयअघि बुबाको मृत्यु भयो र आमा दोस्रो बिहे गरेर गएपछि उनलाई दसैँ रमाइलोभन्दा बढी दुःखको पर्व हुने गरेको छ ।

चाडपर्व आउँदा आफूलाई भन्दा पनि भाइबहिनीलाई खुसी बनाउने जिम्मेवारी उनलाई छ । ‘मैलेभन्दा पनि भाइबहिनीहरूलाई पनि खुसी बनाउने प्रमुख जिम्मेवारी पाएको छु’, उनले भनिन्, ‘आम्दानी हुने कुनै बाटो नहुँदा दसैँतिहारजस्ता ठूला चाडपर्व आउँदा बढी समस्या हुने गरेको छ ।’

चारैतिर दसैँको रौनक चलिरहँदा उनलाई भने निराशा बढी हुने गरेको छ । ‘अहिलेसम्म हरेक दसैँले खुशी भन्दापनि समस्या थपेर जाने गरेका छन् ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …