तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

नेपालगञ्ज । बस गुडिरहेको थियो । अगाडि चालक (ड्राइभर सीट) नजिकै बसेको थिए । एक्कासी केही पड्किएको आवाज आयो । त्यसपछि गाडी अनियन्त्रित भएर पल्टियो । चार बल्ड्याङ खाँदासम्म होस थियो । त्यस पछि के भयो थाहा छैन,’ नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा उपचाररत मुगु दुर्घटनाका घाइते मुगु रोवा घर बताउने हर्कबहादुर शाहको भनाइ हो यो ।

कहाली लाग्दो दुर्घटनामा बाँचेर उद्धार भई नेपालगञ्ज अस्पतालको बेडमा पुगेपछि शाहले दुर्घटना हुँदाखेरीको अवस्था बताएका हुन् । उनको भनाइमा चालकले राम्रै चलाएका थिए । ‘दुर्घटनामा ड्राइभरको दोष भएजस्तो लाग्दैन,’ उनी सुनाउँछन् ।

मंगलबार अपराह्न भएको मुगु दुर्घटनामा घाइते भएकालाई नेपालगञ्ज ल्याइएको छ । तीमध्ये चार जनाको अस्पताल पुर्‍याएलगत्तै मृत्यु भएको अस्पतालले जनाएको छ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल पुर्‍याएका पाँचमध्ये तीन जनाको अस्पताल पुर्‍याएलगत्तै मृत्यु भएको अस्पतालका सहनिर्देशक डा. रोमान किडवाईले जानकारी दिए ।

यसैगरी कोहलपुर पुर्‍याइएका थप एक जनाको पनि उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेले दिएको जानकारीअनुसार घाइते मध्ये ११ जना कोहलपुर शिक्षण अस्पतालमा र ५ जनालाई नेपालगन्ज शिक्षण अस्पताल पुर्‍याइएको थियो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …