तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

रोल्पा। भाइले दाइको घाँटी रेटी हत्या गरेका छन् । रोल्पा नगरपालिका–६ दार्बिट निवासी ४८ वर्षीय अमराज बुढाले आफ्नै दाइ ५६ वर्षीय पूर्णबहादुरको घाँटी रेटी हत्या गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले बताउनुभयो ।

“हत्या भएको ठाउँलाई सुरक्षित राखेका थियौँ, नेपालगञ्जबाट तालिम प्राप्त कुकुरले आफ्नो सही ट्र्याक नछोडी सर्कल बनाएर हत्या गर्ने व्यक्तिको घरभित्र छिरेर पत्ता लगायो”, सुवेदीले भन्नुभयो । उहाँका अनुसार अमराज आफैँले पनि हत्या गरेको स्वीकारी सकेका छन् । प्रनाउ सुवेदीले भन्नुभयो, “राति एक्लै सुतिरहेको कोठामै पुगी आफ्नै कान्छो भाइले दाइको हत्या गरेको प्रहरी जानकारी दिएको छ ।” 

पारिवारिक विवादका कारण हत्या गरेकोे बताइएको छ । कर्तव्य ज्यान मुद्दा शीर्षकमा हत्या अभियोगमा अनुसन्धान गरी प्रक्रिया अगाडि बढ्ने प्रनाउ सुवेदीले बताउनुभयो । मृतक जालझेल गर्ने खालको नभएर इमान्दार तथा सोझो भएकोसमेत स्थानीयवासीले बताएका छन् । मृतककी श्रीमतीको पहिले नै मृत्यु भइसकेको छ । दुई छोरा विदेश गएको र जेठो छोराको बुहारी र छोरी दाङ बस्दै आएको बताइएको छ । मृतक बुढाको शवलाई रोल्पा अस्पताल रेउघामा परीक्षणका लागि लगिएको छ । 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …